सौताको रिस : वीर शमशेर राणाले रसलिला गर्दा खञ्जँमाया एसिड आक्रमणमा परिन

Jagaran Post ७ चैत्र २०७८, सोमबार ११:५८

विक्रम सम्वत् १९४२ सालदेखि १९५७ सालसम्म १५ वर्ष नेपालको प्रधानमन्त्री रहेका वीर शमशेर राणाले आफ्नी कान्छी महारानी तोपकुमारीको जलेको अनुहारको उपचार गराउन भारतबाट बोलाएका डाक्टरलाई यतै राखेर उनीहरुकै सेवा लिई वीर अस्पतालको स्थापना गराएका थिए भनिन्छ।

वीर शमशेरको विवाह श्री ५ महाराजाधिराज सुरेन्द्र वीर विक्रम शाहदेव भाइ अधिराजकुमार उपेन्द्र वीर विक्रम शाहकी छोरी राजकुमारी दिव्येश्वरी राज्यलक्ष्मी देवी शाहसंग भएको थियो ।
वीर शमशेर राणाले आफ्नी पत्नी राजकुमारी दिव्येश्वरीको सेवाको लागि खञ्जँमाया नाम गरेकी एउटी सुसारे राखेका थिए । ती सुसारे निकै सुन्दरी थिइन्। वीर शमशेरको घरको खानपिन र रहनसहनले उनको सुन्दरता झन्झन् बढ्दै गयो। उनको सुन्दरताले वीर शमशेर पनि आकर्षित भैहाले। आफ्नी पत्नीका आँखा छलेर वीर शमशेरले खञ्जँमायासंग रासलीला गर्न थाले। अन्तत: उनी गर्भिणी भएपछि वीर शमशेरले उनलाई पत्नी बनाउन बाध्य भए।

आफ्ना पति आफ्नै सेविकासंग सल्किएर उसैलाई आफ्नो सौता हालेको राजकुमारी दिव्येश्वरीलाई मन परेको थिएन । उनी निकै आक्रोशित थिइन्। उनी रिस फेर्ने मौका हेरिरहेकी थिइन्। सौताको रिस फेर्न उनले एकदिन राती सुतेको समयमा खञ्जँमायाको अनुहारमा एसिड खन्याइदिइन्। एसिडले खञ्जँमायाको पुरै अनुहार जल्यो, आँखामा क्षति पुग्यो।

वीर शमशेर ले खञ्जँमायालाई निकै माया गर्थे। उनले भारतबाट राम्रा डाक्टर बोलाएर खञ्जँमायाको अनुहारको उपचार गराए । खञ्जँमायाको अनुहारको जलेको दाग नहटे पनि आँखा भने देख्न सक्ने भइन्।

१९४२ सालको हत्याकाण्डपछि प्रधानमन्त्री बनेका वीर शमशेरले खञ्जँमायालाई आफ्नो कान्छी महारानीको दर्जा दिए। उनको नाम खञ्जँमायाबाट तोपकुमारी राखियो। तोपकुमारीबाट जन्मिएका वीर शमशेर राणाका छोरा रुद्र शमशेर राणा २०१० सालमा नेपाली सेनाको पहिलो अतिरथी (फिल्डमार्शल) नियुक्त भएका थिए।

सौताको रिस दरवार होस् या झुप्रो होस् उस्तैउस्तै हुन्छ।

(प्रस्तुत चित्रमा वीर शमशेरकी उनै जेठी महारानी दिव्येश्वरी र कान्छी महारानी तोपकुमारी।)

साथमा यो पनि :-

वीर शमशेर जङ्गबहादुर राणा नेपालका राणा शासनका सातौँ तथा नेपालका ११ औँ प्रधानमन्त्री थिए। यिनी धीर शमशेरका जेठा छोरा थिए।

उनलाई उनले गरेका महत्त्वपूर्ण सुधार र निर्माण गरेका दरबारहरूको कारणले चिनिन्छ।

वीर शमशेरका १७ जना भाइहरूलाई शमशेर खलक भनेर चिनिन्थ्यो। उनीहरूले जङ्ग र नरसिंह खलकलाई हत्या र निर्वासित गरी नपाउने शक्ति हत्याएका थिए। यिनी १९४२ मा ४२ सालको पर्व मच्चाएर, आफ्नै बडा बा श्री ३ रणोद्धिपको षड्यन्त्रपूर्वक हत्या गरी श्री ३ को पदमा विराजमान भएका थिए। रणोद्धिपको हत्याको लागि खडग शमशेर ज.ब.रा. ले विशेष सहयोग गरेका थिए ।

उनले भादगाँउ र काठमाडौँमा वीरधाराको व्यवस्था, पुलहरूको निर्माण, वीर अस्पताल (वि.स.१९४७), वीर पुस्तकालयको स्थापना, घण्टाघरको निर्माण आदी गरेका थिए ।

स्रोत : खगेन्द्र गिरी `कोपिला´

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८