मिथिला चित्रकारसँग ब्रिटिश राजदूत निकोलाको भेट

Jagaran Post ७ चैत्र २०७८, सोमबार १५:००

जनकपुरधाम :  नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिट सोमबार जनकपुरधामस्थित नारी विकास केन्द्र पुगिन् । ग्रामिण परिवेशमा बनाइएको केन्द्रमा राजदूत पोलिटले स्थानीय महिला चित्रकारसँग करिब एक घण्टा चियोचर्चो गरिन् । महिलाको विकास र आत्मनिर्भरताका लागि मिथिला चित्रकलाको बजारिकरण, व्यवसायीकरण र व्यवस्थापन अपरिहार्य रहेको पोलिटले बताइन् । ‘म मिथिला चित्रकलाको प्रचारप्रसारका लागि सक्दो चाँडै काम गर्नेछु,’ राजदूत पोलिटले चित्रकारहरुसँग कुरा राख्दै भनिन्, ‘यस केन्द्र र यहाँ कार्यरत महिलालाई आत्मनिर्भर बनाउनका लागि हामी अग्रसर हुनैपर्छ ।’राजदूत पोलिटसँगै केन्द्रमा अवलोकनका लागि पुगेकी जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झाले पछिल्लो समय मिथिला चित्रकलाको व्यापार फस्टाएको बताइन् । उनले जुन प्रकारले प्रदेश र स्थानीय सरकारले मिथिला चित्रकलाको लागि योजना ल्याउनुपर्ने थियो त्यो नल्याएको स्वीकार समेत गरिन् ।

त्यसैगरी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मिथिला चित्रकला विश्वमै परिचित भएपनि यसको व्यवसायीकरण तथा बजारिकरणका लागि पूर्वाधार निर्माण गरिनु अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिए ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८