बुटवलमा कृषि मेला हुने ;

Jagaran Post ८ चैत्र २०७८, मंगलवार १७:२५

बुटवलमा चैत १० देखि १४ गतेसम्म विशिष्टिकृत कृषि मेला–२०७८ हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघले प्रत्येक वर्ष गर्ने मेला कृषि मेलाको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय,बुटवल उपमहानगरपालिका,नेपा उद्योग वाणिज्य महासंघ,कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रवद्र्धनमा यहि चैतको १० देखि १४ गतेसम्म संघको सचिवालय परिसर बालमन्दिरमा मेला हुनेछ ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मेलामा ४० देखि ५० वटा कृषि सम्बन्धी स्टलहरु राखिने छन् । मेलालाई करिब २५ हजारले अवलोकन गर्ने अनुमान छ । कृषक समूह, सहकारी एवं कृषिसँग सम्बन्धित सरकारी कार्यालय तथा संघ संस्थाहरु लगायत उपभोक्ता सम्पूर्णलाई मेला स्थलमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । मेलाको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने कार्यक्रम छ ।

मेला स्थलमा अन्य आकर्षणहरुमा दुग्धपान प्रतियोगिता,कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श ,लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी,कृषिमा आधारित सांस्कृतिक कार्यक्रम रहेको महासचिव विमलराज भट्राईले बताए ।

यस्तै मेलामा कृषि परिकार ,कृषिका अत्याधुनिक प्रविधिको प्रर्दशन,उत्कृष्ट कृषि उत्पादनको प्रबद्र्धन, कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल हुने  जनाएको छ । मेला प्रवेश नि शुल्क रुपमा रहेको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८