श्री ३ जुद्धशमशेर र उनको ४४ नं.को प्रिय कार

Jagaran Post ९ चैत्र २०७८, बुधबार ०८:३५

तस्विरमा देखिएको ४४ नं. को हल्का हरियो रङको १९३६ मोडलको डेमरल बेन्ज कार जुद्धशमशेर को प्रिय गाडी थियो । यो गाडी मन पर्नुको प्रमुख कारण हिटलरबाट उपहारमा पाएको हुँदा पनि विशेष थियो ।

चन्द्रशम्शेरका छोरा सिंहशम्शेर बेलायतका लागी राजदुत रहँदा जुद्धशमशेर ले हिटलरलाई भेट्न पठाएका थिए । एक प्रकारले जुद्धशमशेर हिटलरका शुभचिन्तक बनिसकेेका थिए । दौत्य सम्बन्धको तैयारी हुदै थियो । हिटलरले यहि भेट पछि खुशी भएर जुद्धशमशेरलाई आफ्नो कार उपहारमा पठाएका थिए । हुन त त्यतिबेला हिटलरले जुद्धशमशेरलाई अन्य वस्तु पनि उपहारमा पठाएको भनिन्छ तर सो को सम्पूर्ण जानकारी प्राप्त गर्न सकिएन ।

तर एउटा Astronomical Telescope पठाईएको जानकारी पाउन सकिन्छ । शक्तिशाली Veb Carl Zeiss Jena Telescope भने हाल दार्जिलिङको हिमालयन माउन्टेनरिङ इन्स्टिच्युटको संग्रहालयमा प्रदर्शन गरि राखिएको छ । जुद्धका छोरा बहादुर शम्शेरले यस इन्स्टिच्युटलाई उपहारमा दिएका थिए ।

बि.सं. १९९४ मा जर्मनका कन्सुलेट जनरल Count Von Pode wils Durnitz नेपालमा तिन दिने भ्रमणमा आउदा उनको भव्य स्वागत गरिएको थियो । सिंहदरवारमा रहेको ग्यालरी हललाई भव्य सजाइएको थियो । यहि हलमा जर्मन सरकारको रेड क्रसले जुद्धशम्शेरलाई ९० सालको महाभूकम्प पछि देशको विषम परिस्थितीमा भूकम्प प्रभावितको राम्रो उद्दार एवं पूनर्निमाणमा राम्रो काम गरेकोमा अर्डर अफ दि स्टार्ट अफ जर्मन रेडक्रसको सम्मान गरेको थियो । साथै पद्धशमशेरलाई पनि सम्मान गरेको थियो । नेपालको तर्फबाट कन्सुलेट जनरललाई प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु र उनका सहायकलाई प्रबल गोरखा दक्षिण बाहु प्रदान गरिएको थियो ।

तर यस्तैमा जुद्धशम्शेर प्रधानमन्त्री रहदै जर्मन माथि बेलायतले युद्धको तैयारी गर्यो । बेलायत सरकारले जुद्ध शमशेरलाई निकै फकायो । बिदेश मन्त्री लर्ड हालिफेक्स र प्रधानमन्त्री च्याम्बरलिन पनि नेपाली सैनिकलाई आफ्नो तर्फबाट दोस्रो विश्वयुद्धमा सहभागी बनाउन प्रयत्नरत रह्यो । अन्तत युद्ध शुरु भईसकेपछि नेपालका तर्फबाट जनरल बहादुर शमशेर र बेलायतका तर्फबाट भारत सरकारको जनरल ई.डी बर्घ बिच सम्झौता भयो । नेपाल दोस्रो विश्वयुद्धमा सहभागी भयो ।

जुद्धशम्शेर बेलायतलाई पनि दुखी बनाउन चाहन्नथे भने हिटलरलाई पनि दुख पाएको देख्न चाहन्नथे । बढी बेलायतको नजिक रहेको हुँदा उनले बेलायतलाई युद्धमा सहयोग गरे । तर नेपाल भित्र जर्मनको हिमायती झै देखाए । भारतबाट प्रसारण हुने रेडियोमा जर्मनको हारको एकोहोरो समाचार र बेलायतको मात्र प्रशंसा भइरहदा नेपालमा रेडियो माथि प्रतिबन्ध लगाए । सबै रेडियो सुन्न र बजाउन नपाउने भन्दै भएभरका रेडियो नियन्त्रण गरेर सिंहदरवारमा थुपारे । जुन रेडियो दोश्रो विश्वयुद्धको समाप्ती पछि मात्र फिर्ता पाए।

अब ४४ नं.को तस्विरमा देखाईएको कारको ईतिहासमा जाँउ । २००२ को मंसिर १४ मा भतिजा पद्म शमशेरलाई राजकाज सुम्पेर आफू सन्यासी हुने भन्दै राजधानी त्यागे । तर काठमाडौंबाट पश्चिम हुदै रिडी लागेनन् । भिमफेदी हुदै अमलेखगञ्ज लागे । त्यहाबाट वीरगञ्ज गए, दुई दिन मुरली दरवारमा बसे । उनको साथ परिवारको सदस्य र सैनिकहरु पनि थिए । कर्णेल गजराज जङ्ग, सुब्बा मणिराम, क्याप्टेन नरबहादुर, क्याप्टेन गुप्तबहादुर तथा केही जवानहरु पनि थिए । यहाँबाट जुद्धशम्शेर रेलमा नौतनवा हुदै रिडी तर्फ लागे । तर परिवारको अन्य सदस्य देहरादून तर्फ लागे । देहरादून तर्फ लाग्दा यो बेन्ज कार पनि देहरादून पुग्यो । जुद्धशम्शेरको छोरी जनक राज्य लक्ष्मी शाहका अनुसार यो कार देहरादून लगिएको थियो । यो कार शुरुमा छोरी जनक राज्य र पछि छोरा शशी शम्शेरले देहरादूनको सडकमा गुडाएका थिए । पछि मुम्बईका कुनै संग्रहकले आफ्नो संकलनको लागी किनेर लगे । तर अहिले राजा त्रिभुवनको अन्य कारलाई हिटलरले उपहार दिएको कार भन्दै प्रचार गर्ने गरिएको छ ।

शब्द तस्विर : सुनिल उलक

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८