रुपन्देहीको देवदहमा प्रस्तर मूर्तिकला कार्याशाला शुरु

Jagaran Post ९ चैत्र २०७८, बुधबार ११:१५

बुटवल–रुपन्देहीको देवदहमा प्रस्तर मूर्तिकला कार्यशाला सुरु भएको छ।

देवदह नगरपालिकाको आयोजना एवं ड्रिम देवदह र स्मृति सामुदायिक वनको सहकार्यमा देवदह–७ को स्मृति वनबाटिकामा मंगलबारदेखि १५ दिने मूर्तिकला कार्यशाला सुरु भएको हो।

कार्यशालाको लुम्बिनी प्रदेश सरकारकी कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले उद्घाटन गरिन्। मन्त्री घर्तीले गौतमबुद्धको मावली स्थल देवदहलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न कार्यशालाले सकारात्मक सन्देश दिने बताइन्।

देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदहको पर्यटन विकासका लागि पार्कहरूलाई फरक फरक विशेषता सहित विकास गर्न थालिएको बताए।

देवदह–७ का अध्यक्ष पदम थापा लगायतले यसअघि स्मृति वन बाटिकामै काष्ठकला कार्यशाला गरिएको र त्यसले देवदहको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको बताए।

कार्यशालामा नेपालका ख्यातिप्राप्त २५ जना मूर्तिकारहरूले थिम पार्कको अवधारणा अनुरूप कोलिय गणराज्य देवदह, बौद्ध साहित्य र बुद्धसँग सम्बन्धित पात्रहरू, बौद्ध दर्शन, शान्ति, प्रेम, सद्भाव र मानवीय एकता झल्काउने भावका मूर्तिहरू निर्माण गर्ने प्रचारप्रसार संयोजक टंक पोखरेलले जानकारी दिए।

कार्यशाला सम्पन्न गर्न करिब ३८ लाख खर्च अनुमान गरिएकोमा देवदह नगरपालिकाबाट १० लाख विनियोजन भएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६