गरिब नेपालीको छातीमाथी रंजाई धेरै भयो प्रमज्यू !

जागरणपोस्ट २० भाद्र २०७६, शुक्रबार १८:३०

आफ्नो १४ दिने सिंगापुर उपचारअवधि सकेर प्रम केपी ओलीज्यू आजमात्र स्वदेश फर्किनुभएको छ। यसअंघि पनि हप्तादिनजसो सिंगापुरमैं बिताएका प्रम ओलीको स्वास्थ्यअवस्थामा फेरि पनि समस्या देखिएको भन्दै उहाँका विशेषज्ञ सल्लाहाकारकै सल्लाहमा पुन: उपचार गर्न सिंगापुर नै जानुभएको थियो।

आफ्नो देशका प्रधानमन्त्री बिमारी होऊन भन्ने चाहना त कसको पो हुन्छ र? सकेसम्म त देश नै निरोगी भैजाओस भन्ने हरेक नागरिकको चाहना हुन्छ। तर, सबै चाहनाहरु कहाँ पो पूरा हुँदारहेछन र? नागरिक हामी आफू रोगी भएरै पनि मुलुक समृद्ध बनाऊने अभिभारा बोकेका उच्चपदस्थ ब्याक्तिहरु हमेसा स्वस्थ भईदिऊन, स्वस्थ तन मन र मष्तिष्कले देश समृद्धिको खाका कोरुन। हामी हाम्रै पालमा हाम्रै शाषकहरुद्वारा नै देश समृद्धितर्फ उँभो लागेको देख्न पाऔं भन्ने कामना करिब करिब तिनकरोड नेपालीको चाहना पनि त होला।

रोग/बिमारीले ठूलो सानो भन्दैन। यदि भन्दोहो त सुविधासम्पन्न सेवा लिएर देशको मन्त्रीजस्तो पदमा बसेका कृषिमन्त्री चक्रपाणी खनाललाई डेंगुले छुनेथिएन होला। प्रधानमन्त्रीजस्तो अति विशिष्ट ब्याक्तिलाई यसरि आफ्नो मृगौलाको चिन्ताले बारम्बार सताईरहन्थेन होला। यावत अनेकन संक्रमण र बिमारीले अधिकांश उच्चपदस्थहरुलाई छुँदैनथ्यो होला यदि रोग/बिमारले सानो ठूलो भनेर बिभेद गरेको भए।

पद र पैसा हुनेले त उपचार विदेशका महंगा अस्पतालमा विशिष्ट उपचार पनि गराऊन सक्छन। तर न पद, न पैसा हुने गरिब जनतालाई आखिर कहाँ यस्तो सुबिधा? स्वदेशकै पहुँच र हैशियतअनुसारको उपचारले चित्त बुझाऊनुपर्ने बाध्यता छ।

यसो त नेपालमा पनि उत्कृष्ट अस्पताल र विशेषज्ञ डाक्टर नभएका कहाँ हुन र? नेपालका कतिपय अस्पतालहरुमा मृगौलाको पूर्ण उपचार, प्रत्यारोपण गरिएका समाचारहरु पनि सार्वजनिक भएका छन। निजामति कर्मचारीहरुद्वारा संचालित बानेश्वरकै सिविल अस्पतालमा पनि मृगौलाको सफल उपचार एवं प्रत्यारोपण गरिने गरिएको छ।

कुरो रह्यो, विशिष्टको उपचारको नाममा खर्च हुने रकमको। अंस्तिमात्र नेपालमा संघियता कार्वान्यनको लागी भनेर युरोपियन युनियनमा आवद्ध ३ देशले ३ अर्ब सहयोग गर्ने समाचार बाहिरिएको थियो। देशको बजेट कर्मचारीको तलबभत्ता र सेवासुबिधामा खर्च हुन्छ। जबर्जस्ती लादिएको संघियता कार्वान्यनमा दातासंग हात फैलाऊनुपर्ने बाध्यता भएको देशमा राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री कर्मचारी हुँदै गाऊँपालिका सदस्यसम्म आईपुग्दा सबैलाई महंगा गाडीको लस्कर चाहिएको छ। अनावश्यक र स्रोत नखुलेका शिर्षकमा दिनहुँ राज्यकोषको करोडौं स्वाहा पार्ने गरिएको छ। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरुका अंघाढि पछाडि लाग्ने गाडी र सुरक्षाकर्मीको लस्कर देख्दा लाग्छ संसारमा सबैभन्दा उच्च सुरक्षा जोखिममा हाम्रै देशका नेताहरु छन। सल्लाहाकार, नजिकका मान्छेसम्म हुँदै अदृष्य सहयोगीसम्म आईपुग्दा यौटा विशिष्टलाई महिनामा राज्यकोषको करोडौंले पुग्दैन होला सायद ।

उपचारार्थ विदेश आऊजाऊ गर्दाको सुरक्षादेखि लिएर सहयोगीसम्मको खर्च पनि राज्यले नै ब्योहेर्नुपर्ने हुन्छ। अझ विदेशका महंगा होटलको बसाईं र अस्पतालको चार्जले दिनकै करोडौं भार पर्नेगरेको छ हाम्रो राज्यकोषलाई। यसको साटो प्रधानमन्त्रीले नै अर्जुनदृष्टि लगाएर देशका तमाम अस्पतालहरुको अझै स्तरोन्नती गरेर आफैले स्वदेशमा उपचार गराऊने बानी बसाले कति राम्रो सन्देश प्रवाह हुनेथियो हगि?

योसंगै प्रधानमन्त्री आऊजाऊ गर्दा विमानस्थल र आकाश केही समयका लागी कब्जा गर्नुपर्ने अवस्था पनि बारम्बार आऊनेथिएन कि? विमानस्थलमा खर्चिने लावालस्करको खर्चले कम्तिमा यौटा भए पनि अस्पतालको स्तरोन्नतीमा टेवा पुग्थ्यो कि? विमानस्थलबारे अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक टिप्पणीबाट बंचिन्थ्यो कि प्रमज्यू? मूख्य कुरा त प्रमले नै स्वदेशमा उपचार गर्ने भएपछि नेपालका अधिकांश अस्पतालको स्तरोन्नती, डाक्टरमा अझ धेरै हौसला, सस्तो र गुणस्तरिय स्वास्थ्यसेवा पो पाईन्थ्यो कि? नेपालका अस्पताल र डाक्टरलाई प्रधानमन्त्रीले नै विश्वास नगर्दाको परिणति त होला बिमारीको उपचार गर्ने अधिकांश अस्पता आफै बिमारी छन। केही त सोंच्नुहोस कृपयाँ प्रधानमन्त्रीज्यू !

जनता प्रश्न पनि त गरिराखेका छन: आखिर के त्यस्तो बिमार लाग्छ र विशिष्टज्यूहरुलाई, जुन समस्याको समाधान नेपालमै नहुने? जवकी आम नागरिकका जटिलभन्दा जटिल समस्याहरु नेपालमै निदान भैराखेको परिप्रेक्ष्यमा यतिका योग्य,क्षमतावान डाक्टर र अस्पताललाई नै मात दिनेगरि के त्यस्तो बिमार लाग्छ, जुन विशिष्टहरुको नेपालमा उपचार हुन सक्तैन?

बिदेशमा अति महंगो उपचारको लालशा बोकेका विशिष्टहरुको फेहरिस्त लामै छ। यो देशका सर्बोच्च निकायका राष्ट्रपति, प्रधानमन्त्रीदेखि पहुँचवाला पार्टि कार्यकर्तासम्मको उपचारमा सरकारले ऐलेसम्म राज्यको ढुकुटिबाट अर्बौ खर्चिसकेको छ। यो अतिमहंगो उपचारमोहको शिलशिला यत्तिकै टुङ्गीनेवाला छैन।

हामीले तिरेको कर हाम्रो बिकाशको लागि अथवा अर्को शब्दमा भन्नुपर्दा हाम्रैलागी खर्चिनु राज्यको दायित्व पर्दछ। एकातिर जनता टुटेरै भएपनि राज्यलाई अनेकथरि करहरु तिरिरहेका छन। अर्कोतर्फ त्यहिँ करबाट उठेको राजस्वमा विशिष्टज्यूहरु आफ्नो ब्याक्तिगत लाभको लागि खरानी उडाएझैँ गरेर राज्यकोषको ढुकुटि उडाइरहनुभएको देख्न र भोग्न अभिशप्त छौँ हामीहरु। यहाँनेर यौटा स्मरणिय कुरा के छ भने राज्यको गहन जिम्मेवारी बहन गरिसकेका सम्माननिय ज्यूहरुको रेखदेख र भैपरि आउने समस्याको बारेमा राज्यले अनदेखि गर्नुहुँदैन, उहाँहरुको योगदानको राज्यले कदर र दायित्व बहन गर्नु नै पर्दछ। तर यसो भन्दैगर्दा राज्यबाट प्राप्त सेवासुविधाको दुरुपयोग गरिनु हुँदैन। बिगत केहि समयदेखि ऐलेसम्म नियाल्दै आउनेहो भने बिगतमा बिदेशमा उपचार गराईसकेका माननियज्यूहरुका समस्या त्यति साह्रो जटिल देखिँदैनन, जुन नेपालमै उपचार असम्भव भएको होस।

राजनिति के का लागि त? किन गर्दछन मान्छेहरु राजनिति? आदर्श पालनाको लागि या ब्रम्हलुट मच्चाउनको लागि? के भन्छ राजनितिको आदर्श,सिद्दान्त र नैतिकताले? समाज, देश र बिश्व बदल्न निस्केको ब्याक्ति आफै बदलिएपछि परिवर्तन कहाँबाट हुन्छ त?

सरकार भन्छ, योग्य र क्षमतावान डाक्टरहरु बिदेशतिर पलायन हुनेक्रम बढ्दो छ। तर यि योग्य र क्षमतावान डाक्टर तपाईँकै नजरमा असक्षम छन त बिदेश पलायन नभएर के गरुन ? असल शासनको गोरेटो र आदर्शको मूलढोका नै तपाईहरु पहिल्यै बन्द गरिदिनुहुन्छ त बाँकी जमात के गरोस त? राज्यका महत्वपूर्ण र जिम्मेवार पदमा आसिनहरुका सामान्य भन्दा सामान्य बिरामीको लागि यो देशका योग्य, क्षमतावान डाक्टर र अस्पतालहरु निकम्मा साबित हुन्छन भने यि उत्पादित दक्ष डाक्टरहरुको पनि त मनोवल खस्किएको हुन्छ।

असलशासनको शुरुवात नै तपाईँ आफै बिगार्दै हुनुहुन्छ भने बाँकी गोरेटाहरु कसरि सहज हुन सक्छ र? आजै देखि तपाईँ आफ्नो असल र जिम्मेवारपूर्ण ब्यबहार अबलम्बन गर्नुहोस त बाँकी जमातले कसरि फ्लोअप गर्दैनन तपाईँको आदर्शलाई? त्यसकारण समस्या तपाईँमै छ र निराकरण पनि तपाईँसमक्ष नै छ। बस, मन हुनुपर्यो आजैदेखि शुशासन प्रारम्भ गर्नको लागि।

बिजय ज्ञवाली

यो पनि पढ्नुहोस – आफ्नै देशमा अस्पताल बनाऊ, आफ्नै देशमा उपचार गर महोदय

जागरणपोस्टलाई ट्विटर मा फ्लो गर्नुहोस।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८