क्रान्ति भनेको शोषकहरुका बिरुद्ध शोषितहरुको अधिनायकवाद हो

Jagaran Post १५ चैत्र २०७८, मंगलवार १२:५३
फिदेल कास्त्रो रुज (१९२६–२०१६) विश्व राजनेताको कोटीमा आउने क्युबाली हुन् । उनले सन् १९५९ देखि १९७६ सम्म क्युबाको प्रधानमन्त्री र त्यसपछि २००८ सम्म क्युबाकै राष्ट्रपतिको रुपमा जिम्मेवारी सम्हाले, जो संसारको सबभन्दा लामो शासन चलाउने कीर्तिमानको रुपमा पनि आउँछ ।
क्युबामा कम्युनिस्ट शासनको स्थापना उनैले गरेका हुन्। उनीभन्दा पहिले क्युबामा फुल्जेन्सियो बातिस्ता राष्ट्रपति थिए । १९५३ मा बातिस्तालाई अपदस्थ गर्ने असफल प्रयत्न उनैको डिजाइनमा भएको थियो । यही घटनाको दोषीका रुपमा क्यास्त्रो गिरफ्तार भएर एक वर्ष जेल परे । १९५९ मा दोस्रो पटक बातिस्ता अपदस्थ भए । यो कार्य अमेरिकाले मन पराएको थिएन । त्यसैले क्यास्त्रोलाई मार्ने (६ सय पटक रे) ठूलठूला षड्यन्त्र भए । ४० वर्षसम्म आर्थिक नाकाबन्दी गरियो । यसका विपरीत क्यास्त्रोले तत्कालीन सोभियत संघसँग घनिष्ठता कायम गरे ।
१९६२ मा सोभियत संघलाई क्युबामा आणविक हतियार तैनात गर्न स्वीकृति दिए, जो ‘क्युबाको मिसाइल संकट’का नामले चर्चित छ ।फिदेल क्यास्त्रो ले दक्षिण अफ्रिकाको रंगभेदी शासनको पनि प्रखर विराधी भूमिका निर्वाह गरे । नेल्सन मण्डेलासँग जेल जीवनदेखि नै क्यास्त्रोको घनिष्ट सम्बन्ध थियो । राजा वीरेन्द्रलाई उनी मन पराउँथे र सिगार लगायत क्युबाका उत्पादन उपहारका रुपमा पठाइरहन्थे । यही सम्बन्धको प्रभावका रुपमा २०३६ सालमा क्युबाको राजधानी हवानामा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन भएपछि नेपाललाई क्युबाली चिनी पठाइएको थियो ।
एक अधिनायकवादी कम्युनिस्ट नेता भए पनि क्यास्त्रो नेपालजस्ता मुलुकको अस्तित्व, न्याय र स्वाभिमानका एक बुलन्द आवाज थिए । उनले क्युबामा कुनै बाटो, संस्था आदि आफ्नो नाममा राख्न दिएनन् र उनकै इच्छाका कारण मृत्युपर्यन्त पनि यो कार्यमा कानुनद्वारा नै बन्देज छ ।
२६ नोभेम्बरलाई उनका अनुयायीहरू पूण्यस्मृति दिवस मनाउने गर्दछन् ।
Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८