लोपोन्मुख पन्छी गिद्द (जटायु) संरक्षणको अपरिहार्यता

Bijay Gyawali २१ भाद्र २०७६, शनिबार २१:१५

सन्दीप थापा,
पाल्पा
पर्यावरणीय सन्तुलनलाई प्रभावकारी बनाउँदै वातावरणीय स्वच्छता अभिवृद्दी गर्न सहयोग पुर्याउने रामायणमा जटायुको नामले वर्णित पंक्षी हो गिद्ध । आफै जनावरको बध नगर्ने तर मृत जनावरको मासु र सिनोलाई आहार बनाएर प्रकृतिमा दुर्गन्ध फैलाउनबाट रोक्ने प्रकृतिको कुचिकारको रुपमा रहेको अहिंस्रक सिकारी चरा गिद्द प्राकृतिक वासस्थान बिनाशको चपेटामा परेसंगै विस्तारै लोप हुँदै गएको छ ।
पर्यावरणीय चक्र र सनातन खाद्य शृङ्खला सन्तुलन पार्दै गिद्दले मृतजीव र सिनोलाई वातावरणमा सड्न नदिई आफ्नो आहार बनाउने भएकाले भुस्याहा कुकुर , स्याल मुसाको फोहोरी क्रियाकलापले वातावरण डङ्गुर बन्न पाउँदैन । हानीकारक किटाणुहरू भएको सडेगलेको मासु र सिनोको व्यवस्थापनले मानिसमा रेविज प्लेग हैजा, आउँ तथा पशूहरूमा अन्य हानिकारक रोगहरुको रोकथाम हुन्छ । ,
विश्वमा पाइने २३ , नेपालमा पाइने नौ र पाल्पामा पाइने डङ्ङगुर र हिमाली प्रजातीका गिद्दहरूको वैज्ञानिक औचित्यका साथमा धार्मिक एवं सांस्कृतिक महत्व पनि छ । सिताहरणमा जटायुले रावणविरुद्द गरेको युद्द देखी तिब्बती लामाहरूले मृत आफन्तको शव गिद्दलाई खुवाएर स्वर्गको दुतको उपमा दिएकाले पनि यसको असीम महत्व पुस्टी हुन्छ । वार्षिक औषत् १२० केजी मृतजीवको मासु र सिनो खाने एउटा गिद्धले प्राकृतिक सन्तुलन कायम राख्न ११००० अमेरिकि डलर बराबरको योगदान गर्छ । असहज वातावरणमा पनि लामो उडान भर्न सक्ने र मानिसको तुलनामा आठ गुणासम्म टाढा देख्ने गिद्ध प्राय अग्ला बलिया सिमलको रुख र चट्टानी पहराहरुमा बस्छन् । मदनपोखराको अँधेरी छरछरे वनको बीचमा हाँगा फिँजाएर ठडिएको बुढो गिद्धे सिमलमा झुम्मिने गिद्धहरूको मनमोहकताले पर्यावरणीय स्वच्छता, र जैविक विविधताको संरक्षणका साथमा पर्यटन विकासमा समेत टेवा पुर्याएको छ ।
मानविय अवाञ्छित क्रियाकलाप र प्राकृतिक दुस्परिणामुखी परिघटनाहरू बनफँडानी, गिद्द संरक्षण केन्द्रको असफलता, अवैज्ञानिक ढङ्गले विस्तार गरिएको विद्युतीय तार , अवैध चोरी सिकारी, जलवायु परिवर्तन प्राकृतिक बिनाश, वातावरणीय प्रदुषण र मृत जीवहरूमा प्रयोग गरिएको डाईकलोफेनेक लगायतका विषादीहरूले गिद्धहरूलाई सामुहिक रुपमै मृत्युसैयामा पुर्याएको छ । फलतः सन् २०११ मा प्रकाशित अध्ययनले नेपालबाट गिद्ध ९१%ले लोप भएको औँल्यायो । नेपालमा हालै गरिएको राष्ट्रिय गिद्ध सर्वेक्षण अनुसार वर्षेनी १४ प्रतिशतले गिद्धको संख्या घट्दै गइरहेकोले विकासका लाभ र गतिलाई दिर्घकालसम्म सुनिश्चित गर्दै दिगो बिकासको अवधारणा कार्यन्वेयन गरी पारिस्थितिक पद्दतिको नियमितताका लागी जटायुको दुर्लभता बाधक बन्दै गएको देखिन्छ ।
बिबिध कारणहरुले लगभग एक दशक अगाडी हाम्रो वातावरणमा सिनोको खोजीमा भौतारिने गिद्धहरूको सङ्ख्यामा अप्राकृतिक र नाटकिय ढङ्गमा ह्रास आउनाले मृतजीव व्यवस्थापन हुन सकेको छैन । गीद्धहरूले अस्तित्व गुमाउनाले मानिस मात्र नभै समग्र प्राणी जगतकै अस्तित्व धरापमा पर्दै गएको छ । तसर्थ गिद्ध संरक्षणमा दक्षिण एसियामै अब्बल बनेको नेपालले लोपुन्मुख गिद्ध संरक्षण र जैविक विविधता प्रवर्धनार्थ उचित वातावरण निर्माण गर्ने, जटायु रेस्टुरेन्टको प्रभावकारीता बढाउने , गिद्ध संरक्षण तथा प्रजनन केन्द्रहरू गिद्धको वातावरणीय स्थानहरूअनुरुप बिस्तार गर्ने, डाईकलोफेनेकरहित शुद्ध मृतजीव र सिनो उपलब्ध गराउने, मरेको चौपाया नगाढी गिद्धलाई दिनुपर्ने लगायतका पक्षमा गंभिर ध्यान दिएर गिद्ध संरक्षण गर्नुपर्छ । अन्यथा गिद्धहरू लोप हुनेछन् । परिणामस्वरुप वातावरण प्रदुषणको दर बढ्न गई बिभिन्न भयानक रोगहरूले सजिलैसंग आफ्नो सञ्जाल प्राणीहरूमा बिस्तार गर्नेछन् भने पारिस्थितिक प्रणाली गंभिर दुर्घटनामा परी समग्र प्राणीहरूको अस्तित्वमाथी नै प्रश्न चिह्न खडा हुनेछ । तसर्थ अस्तित्व जोगाउने सङ्घर्ष गरिरहेको दुर्लभ मित्रपंक्षी गिद्धलाई लोप हुनबाट जोगाउनु अहिलेको अपरिहार्य आवश्यकता हो । मनशान्त घिमिरे, हेमन्त ढकाल र कृष्णप्रसाद भुसालद्वारा संयुक्त रुपमा लिखित ६८ पृष्ठको नेपालमा गिद्धहरू नामक पुस्तकमा उल्लेखित गिद्धका प्रजातिको सचित्र वर्णनका साथै यिनीहरूको संरक्षणको औचित्यताको विस्लेषणबाट समेत गिद्ध र जैविक विविधताबिच घनिष्ठ अन्तर्सम्बन्ध रहेको तथ्य मध्यान्नको रविसरी छर्लङ्ग हुन्छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार मनाइने (हालको एघारौँ ) अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसले गिद्ध संरक्षणमा सहयोग गरोस् शुभकामना

लेखकबाट थप
जागरण पोस्टका पाल्पा प्रतिनिधी सन्दीप थापाले समसामयिक र सामाजिक विषयवस्तुहरूमा समेत कलम चलाउछन् ।
लेखकलाई फेसबुकट्विटर मा भेट्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

/

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८