प्रदेश २ मा १ र ५ गते सार्वजनिक बिदा

जागरणपोस्ट १९ पुष २०७५, बिहीबार १५:४२

धनुषा – प्रदेश २ सरकारले आउँदो माघ १ गते र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न प्रदेश २ सरकारको मन्त्री परिषदको बैठले अगामी माघ १ गते पर्ने मकर संक्रान्ति (माघी) र मधेश आन्दोलनका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि लोक सेवा विधेयक स्वकृत गरेको छ । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै प्रदेश २ सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनुभयो ।

प्रदेशसभाबाट उक्त विधेयक पारित भएपछि लगतै कर्मचारी भर्ना गर्ने प्रदेश सरकारको तयारी छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८