अप्रिल ४ तारिख, संयुक्त राज्य अमेरिका अश्वेत नेता मार्टिन लुथरकिङ् जुनियर (१९२९–१९६८) को हत्या भएको स्मृति दिवस हो । महात्मा गान्धीको प्रेरणाबाट अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनका सिलसिलामा १९५४ देखि उनी अमेरिकाको अघोषित रंगभेदका बिरूद्ध अफ्रिकी अमेरिकीहरूको समान अधिकार र सम्मानका लागि अभियान चलाउँदै आएका थिए । नागरिक अधिकारको आन्दोलनका सन्दर्भमा यति प्रभावशाली व्यक्तित्व अमेरिकामा आजसम्म कोही देखिएन ।
उनी क्रिस्टियन बाप्टिस्ट थिए, चर्चबाट बक्तृत्व कलाको विकास गरे । यही आन्दोलन र अभियानको सिलसिलामा हिँड्दा जेम्स् अर्ल् रे नामक डकैती, हत्या, जेलबाट फरार लगायतका अपराधमा संलग्न भएको ४१ वर्षे युवाले मेम्फिस (टेनिसी) मा सो दिन हत्या गर्यो। उसलाई एक सय वर्षको जेल सजाय सुनाइयो । २९ वर्ष सजाय काट्दै गर्दा ७० वर्षको उमेरमा जेलमै उसको कलेजोको बिमारबाट मृत्यु भयो ।
- ओ ट्रावलर ! देयर इज नो पाथ, पाथ्स आर मेड बाइ वाकिङ्ग अफ म्यान !
- आध्यात्मिकता धर्मबाट आउँदैन, यो आत्माबाट आऊंंछ
- मरेको मान्छेलाई जिन्दावाद भन्नू, बाँचेका मान्छेलाई मुर्दावाद भन्नू, राजनीति भनेको यही हो : भूपि शेरचन
मार्टिन लुथरकिङ् जुनियर आफ्ना भाषणबाट विश्व प्रसिद्ध भए। ती मध्ये १९६३ मा राजधानी वाशिङ्टनको र्यालीमा दिएको भाषणमा उनको यो वाणी आजसम्म “मेरो सपना भाषण” भनेर चर्चित छ :
“मैले त्यस्तो देश (अमेरिका) को सपना देखेको छु जहाँ मेरा चार जना बच्चाहरूलाई छालाको रङ्गका आधारमा होइन कि उनीहरूको चरित्र र संस्कारका आधारमा मूल्याङ्कन गरिने छ ।”
(“I have a dream that my four little children will one day live in a nation where they will not be judged by the color of their skin but by the content of their character.” : Speech of 28 Aug.1963)
– चन्द्रमणि गौतम / फेसबुक।