उदयपुरमा गहना लुटपाटपछि महिलाको हत्या

Jagaran Post २४ चैत्र २०७८, बिहीबार १०:३४

उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे गयराति हत्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।

मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएकाे श्रीमान बच्चुलाल चौधरीले बताए । घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ ।

श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् ।

घटनास्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेकाे छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८