मुगु – मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन्। मा रमाउन थालेकि छन्। परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।
छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन्। नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने अपेक्षा समूहमा आबद्ध महिलाले गरेका छन्।
च्याउ खेती सुरु गरेपश्चात आधारभूत आवश्यकता टार्नेदेखि अतिरिक्त आम्दानी हुने उनीहरू आशावादी छन्। उनीहरूले च्याउ खेतीसँगै परम्पराग बालीलाई पनि निरन्तरता दिँदै आएको धनलक्ष्मी भामले बताइन्।
मुगुमो च्याउको प्रतिकिलो पाँच सय रुपैयाँका किनबेच हुने गरेको छ। मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन्।
प्राविधिक दृष्टिले मुगुमा च्याउ खेती गर्न फागुनदेखि भदौसम्मको समय ठीक हुने उनीहरूको भनाइ छ।