शान्ति सैनिक अबेईतर्फ प्रस्थान

Jagaran Post २५ चैत्र २०७८, शुक्रबार १६:४५

काठमाडौं । नेपाली शान्ति सैनिक दक्षिण सुडान र सुडानबीचको विवादास्पद भूमि अबेईतर्फ प्रस्थान गरेका छन् ।

अबेईका लागि संयुक्त राष्ट्रसंघ अन्तरिम सुरक्षा बलमा तैनाथ हुन श्री फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) पहिलो डफ्फा बिहीबार राति त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रमुख सेनानी सुवेश कायस्थको कमान्डमा ६७ नेपाली शान्ति सैनिक टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएन चार्टर्डको इथियोपियन एयरलाइन्समार्फत मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकहरूमा विगत ६७ वर्षदेखि नेपाली सैनिक खटिँदै आएका छन् ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८