कति जीबी र्‍याम भएको ल्यापटप किन्ने ?

Jagaran Post २८ चैत्र २०७८, सोमबार १५:०३

काठमाडौं -ल्यापटप वा मोबाइल डिभाइस खरिद गर्दै गर्दा तपाईंको मनमा केही प्रश्न उठ्छ भने त्यो र्‍यामलाई लिएर उठ्न सक्छ ।

मलाई कति र्‍याम आवश्यक पर्छ त ?

चाहे नयाँ खरिद गर्दा होस् वा अपग्रेड गर्दा यो एकदमै अहम् विषय हो । सबैको मनमा उठ्ने हो । तर यसको उत्तर त्यस्तो सटिक छैन ।

तर म्याकबुक जस्ता डिभाइसमा र्‍याम अपग्रेड गर्ने सुविधा तपाईंलाई छैन ।

त्यसो त र्‍यामहरु सस्तै हुन्छन् । तर म्याक र प्रिमियम सिस्टममा भने यी महङ्गो नै हुन्छन् । यसमा तपाईंले १६ जीबीलाई  ३२ जीबीमा अपग्रेड गर्न पनि चार सय डलरसम्म आवश्यक पर्दछ ।

तपाईं पनि नयाँ डिभाइस विशेषगरी ल्यापटप खरिद गर्दै हुनुहुन्छ भने आज हामी तपाईंलाई प्रयोजन अनुसार तपाईलाई आवश्यक पर्ने र्‍याम क्षमताका बारेमा जेडडी नेटले प्रस्तुत गरेकाे टिप्सबारे जानकारी दिँदै छाैं ।

१. ४ जीबी – न्यूनतम 

तपाईं एकदमै सामान्य कम्प्युटर प्रयोग गर्नुहुन्छ भने पनि ४ जीबी र्‍याम तपाईंलाई अत्यावश्यक पर्दछ । क्रोममा धेरै ट्याबको लोड हुँदा होस् वा सामान्य भिडियो इडिटिङको काम ४ जीबी र्‍यामले तपाईंलाई आधारभूत रुपमा धान्नसक्छ ।

२. ८ जीबी र्‍याम –मेनस्ट्रिम

मेनस्ट्रिमका लागि ८ जीबी र्‍याम आवश्यक पर्दछ । गेमिङ, एचडी भिडियो इडिटिङका लागि यो क्षमताको र्‍याम उपयुक्त हुन्छ । एडाेबी फोटोशप, लाइटरुम तथा प्रिमियर प्रो जस्ता एप्लिकेसनहरुका लागि यो उपयुक्त छ ।

३. १६ जीबी र्‍याम – पर्फमेन्स

अधिकांश प्रयोगकर्ताका लागि १६ जीबी र्‍याम उपयुक्त हुन्छ । यसबाट तपाईंले ह्याभ्भी एप्लिकेसन पनि प्रयोग गर्न सक्नुहुन्छ । साथै फोरके भिडियो इडिटिङ तथा हाई एण्ड गेम समेत खेल्न सक्नुहुन्छ ।

४. १६ जीबीभन्दा धेरै – वर्कस्टेसन 

८ देखि १६ जीबीमा जाँदाको अनुभव निकै फरक हुन्छ । तर १६ देखि माथि जाँदा त्यो अनुभव निकै नाटकीय हुन्छ । १६ जीबीभन्दा माथि र्‍याम भइसकेपछि तपाईंले र्‍यामबारे कहिल्यै सोच्नु पनि पर्दैन ।

तर र्‍यामसँगै अन्य पक्षलाई पनि बलियो बनाएर लग्नुभयो भने तपाईंको कम्प्युटरको क्षमतामा अझै बलियो र ल्याग रहित बन्नेछ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८