मोरङको जहदामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु

Jagaran Post २ बैशाख २०७९, शुक्रबार १०:१७

विराटनगर – मोरङको जहदा गाँउपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गाँउपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले श्रीमती पानो टुडुलाई कुटपिट गरी हत्या गरेका हुन्। सोरेनले ३२ वर्षीया टुडुलाई चैत्र २९ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुनेगरी कुटपिट गरेका थिए ।

उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएकी टुडुको बिहीबार राति करिब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

फरार रहेका सोरेनको खोजी भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८