सत्य साईबाबा – तिमि जुनसुकै धर्म मान, तर तिमिले मान्ने धर्मले मानवता, सेवा र शान्तिको उत्थान गरोस

Jagaran Post ४ बैशाख २०७९, आईतवार १३:२४

श्री सत्य साईबाबा (१९२६-२०११) १६८ देशमा भएका लाखौं भक्तहरूद्वारा देवत्वकरण गरिएका परोपकारी महामानव हुनुहुन्थ्यो । उहाँको जन्म भारतको आन्ध्रप्रदेशस्थित पुट्‍टपर्थी गाउँमा भएको थियो ।

सत्य साईबाबा भक्तहरूमा मुसलमान र ईसाई धर्मावलम्बीहरू पनि छन्, जसले उहाँलाई भगवान सरह पूजा/प्रार्थना गर्दछन् । भनिन्छ, जुन दिन उहाँकी माताले सत्यनारायणको प्रसाद खानु भएको थियो, त्यसको केही समयपछि बाबाकाे जन्म भयो। त्यसैले उहाँको नाम सत्यनारायण राजू (Satya Sai Baba) राखियो। पिता पेदू वेंकप्पाराजू तथा माता ईश्वराम्माका उहाँ आठौं सन्तान हुनुहुन्थ्यो। उहाँको जन्म र जीवनको बारेमा अनेकौं असाधारण विवरण सुनिन्छ, जो कतिपय अतिशयोक्तिपूर्ण पनि छन् ।

वचपन उमेरदेखि नै उहाँ बहुगुणी प्रतिभाका धनि हुनुहुन्थ्यो । आठ वर्षको उमेरमा नै उहाँ सुन्दर भजनको रचना गर्न थाल्नुभएको थियो । १४ वर्षको हुँदा उहाँले आफ्नो अवतारको घोषणा गर्नुभयो, ‘म शिवशक्ति स्वरूप, शिरडी साईं बाबाको अवतार हूं’ । यसो भनेर उहाँले मुट्ठीभरि चमेली फूलहरू हावामा उडाउनु भयो, जो जमीनमा खसेपछि तेलुगू भाषामा ‘साईंबाबा’ भएर बसे । त्यसपछि उहाँले आफ्नो सारा जीवन मानव सेवाको लागि समर्पित गर्नुभयो ।

आफ्ना भक्तहरूलाई उहाँको सन्देश छ, आपसमा प्रेम गर, सबैलाई सहायता गर र कसैलाई पनि खराब ब्यबहार गर्दै नगर ।

साईंबाबाले आफ्नो जीवनकालमा अनेक असाधारण चमत्कार गर्नुभयो । जस्तो, भक्तहरूका बीच विभूति बर्साउनु, शिवरात्रीको अवसरमा सूनको शिवलिङ्ग आफ्नो मुखबाट निकाल्नु, हातबाट सूनको औंठी, सिक्री आदि निकाल्नु आदि। उहाँका यस्ता चमत्कारलाई जादुगरी भनेर आशंका र विवाद गर्दै कतिपयले आलोचना गरेको पनि पाइन्छ ।

तर बाबा नि:सन्देह अलौकिक प्रतिभा नै हुनुहुन्थ्यो । साईं भक्तहरूको घरमा सबै देवी-देवताहरूका प्रतिमाहरू वा चित्रबाट विभूति, कुमकुम, मह, हाथको छाप पाइनु, यहाँसम्म कि भक्तहरूले आफ्नो घरमा शुभकार्य गर्दा बाबाको आत्मिक उपस्थितिको आभास हुन्छ । पहेंलो खाममा स्वास्तिक चिन्हका साथ बाबाको आशीर्वाद पनि मिल्छ । साईंबाबा उपस्थितिको यस्तो आभास धेरैले पाएका छन् ।

बाबाले आफ्नो जीवन कालमा धेरै शिक्षण संस्थाहरू, अस्पताल र मानव सेवाका संस्था स्थापना र कामहरूमा सहयोग दिनुभयो । पुट्टपार्थीस्थित ‘प्रशांति निलयम’ मा सत्यसाईंको विश्वस्तरीय अस्पताल तथा रिसर्च सेन्टर लगभग दुईसय एकड़ भूमीमा फैलिएको छ, जुन अस्पतालमा निःशुल्क सर्जिकल र उपचारात्मक सेवा-सुविधा उपलब्ध छ । विश्वभर खोलिएका साईं केन्द्रमा सेवा र सुविधाका कार्यक्रम हुँदै आएका छन्।

– चन्द्रमणि गौतम

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५