काठमाडौँ – विद्युत बचाउने कुरामा सबैजना सचेत हुन्छन् । विद्युतको महसुल कम होस् भनेर प्राय हामी काम नपर्दा चार्जर झिक्छौं, टिभी, फ्रिज प्रयोगमा नहुँदा अनप्लग गर्छौं ।
इनर्जी सेभर वेबसाइटका अनुसार विद्युतीय उपकरणहरू बन्द गरेर अन प्लग नगर्दासम्म विद्युत खपत भइराख्छ । उपकरणहरू बन्द हुँदा पनि निम्न कुराले विद्युत खपत भइरहेको हुन सक्छ ।
विद्युतीय उपकरणहरू बन्द हुँदा पनि कतिपय उपकरणमा बन्द रहेको देखाउने लाइट तथा डिस्प्लेले विद्युत खपत गरिरहेको हुन्छ ।
- कम्प्युटरलाई नचलाई स्लिप मोडमा राख्दा पनि यसले चलिरहेका कामहरुलाई सेभ गरिरहन केही इनर्जी लिन्छ । यदि कम्प्युटर तथा ल्यापटपमा पावर सप्लाइ भइरहेको अवस्थामा त्यहीँबाट यसले पावर लिन्छ र विद्युत खपत बढ्न सक्छ ।
- केही घरायसी उपकरणहरु जस्तै फ्रिज, लुगा धुने तथा सुकाउने मसिनजस्ता उपकरणहरु सधै पावरमा जोडिराख्दा विद्युत खपत हुन्छ । अहिले केही उपकरणहरु इन्टरनेट कनेक्सन प्रयोग गर्ने खालका पनि हुन्छन् । जुन सधै अन हुँदा विद्युत खपत बढ्छ ।
यो सबै तपाईंले कति वटा उपकरण प्रयोग गर्नुहुन्छ र ती उपकरणकाे प्रयोग तपाईंले कसरी गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ । यदि तपाई धेरै विद्युतीय उपकरण प्रयोग गर्नुहुन्छ अनि अन प्लग गर्नु हुन्न भने विद्युत खपत पाँच देखि १० प्रतिशतभन्दा धेरै हुन सक्छ ।
त्यसैले प्रयोग नभएको बेला विद्युतीय उपकरण अन प्लग गर्ने बानी बसाल्नुहोस् । प्रयोग नहुँदा बत्ती तथा पङ्खा बन्द गर्ने गर्नुहोस् । यसो गर्दा मात्र पनि तपाईंले आफ्नो पैसा तथा वातावरणलाई पनि जोगाउन सक्नुहुनेछ । साथै यसको विद्युतको अभावलाई समय केही हदसम्म गर्न सक्छ ।