शुक्लाफाँटामा चितुवा मृत फेला

Jagaran Post ५ बैशाख २०७९, सोमबार २१:००

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित कालिका सामुदायिक वनमा आज वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ।

सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सम्भुप्रसाद तिवारीले बताए। सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए।

‘मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भइ सङ्क्रमण हुँदा कीरा परेको अवस्थामा भेटाएका छौँ,’ उनले भने, ‘घाउ भएको ठाउँमा किरा परेको र धेरै दिनदेखि खान नपाइ भोकका कारण मरेको अनुमान गरेका छौँ।’

पशु चिकित्सकले पेटभित्र हेर्दा सङ्क्रमण भएर पित्तथैलीलगायत सुन्निभएको जानकारी दिएको उनले बताए।

‘घाउ के भएर बनेको रहेछ, त्यसबारे पत्ता लाग्न सकेको छैन,’ उनले भने, ‘घाउ भएकै कारण पेटभित्र सङ्क्रमण भइ चितुवा मरेको पशु चिकित्सकको भनाइ छ।’

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र महेन्द्रनगरका चिकित्सकले मृत चितुवाको ‘पोष्टमार्टम’ गरेकाले विस्तृत रिर्पोट आएपछि मृत्युको कारण यकिनका साथ भन्न सकिने उनले बताए। गत वर्षसमेत सोही वन क्षेत्रका वयस्क चितुवा मृत अवस्थामा फेला परेको थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६