आजदेखि कृषि गणना सुरु

Jagaran Post ६ बैशाख २०७९, मंगलवार ११:३६

काठमाडौं : मंगलबारदेखि सातौं कृषि गणना सुरु हुँदैछ। ७ सय ५३ पालिकाका ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गरिने भएको हो। जसका लागि ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरिवेक्षक कार्यस्थलमा पुगिसकेको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए।

विभागले जनगणना जस्तै कृषि गणना पनि हरेक १० वर्षमा गर्दै आएको छ। नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो। वैशाख १९ सम्म सञ्चालन हुने गणनामा किसान परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ।

गणकले संकटमा परेका रैथाने पशुपन्छीको तथ्यांक, सम्पूर्ण बाली, माछा, पशुपन्छीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन गर्नेछन्। यस कृषि गणनामा किसानलाई २४ प्रश्न सोधिने विभागले जनाएको छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा झन्डै ६६ प्रतिशत किसान र कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा पशुपन्छी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ।  कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागत रूपमा बाँझो जमिनको तथ्यांक संकलन गरिने भएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८