६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस इन्टरनेट, टिभी सेवा निःशुल्क

Jagaran Post ७ बैशाख २०७९, बुधबार १०:५७

काठमाडौं -डीटीएच एवं इन्टरनेट सेवा प्रदायक डिशहोमले नयाँ इन्टरनेट प्लस डीटीएच कम्बाे अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले मासिक ६९९ रुपैयाँ (भ्याट बाहेक) मा ५० एमबीपीएसको इन्टरनेट र डीटीएच (टिभी सेवा) पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सुरुमा ग्राहकले जडानसहित ३५ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो लिमिडेट इन्टरनेट प्याकेज हो, जसमा हरेक महिनाको सुरुवातमा ग्राहकले १२०० जीबी इन्टरनेट ५० एमबीपीएस गतिमा चलाउन सक्नेछन् ।

ग्राहकले १२०० जीबी इन्टरनेट उपभोग गरे त्यसपछि २०० जीबी इन्टरनेट २५ एमबीपीएस गतिमा चलाउन पाउनेछन् । त्यसपछि कम्पनीले २०० जीबी इन्टरनेट १५ एमबीपीएस गतिमा उपलब्ध गराउनेछ ।

यो प्याकेज पनि उपभोग गरे ग्राहकले १० एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले याे कम्बाे अफर एक महिना, तीन महिना, छ महिना वा १२ महिनाका लागि सब्सक्रिप्सन गर्न सक्नेछन् ।

ग्राहकले तीन महिनाको प्याकेज लिए दुई हजार ९७ रूपैयाँ बुझाउनुपर्ने हुन्छ । त्यस्तै छ महिनाको शुल्क चार हजार १९४ र १२ महिनाको शुल्क आठ हजार ३८८ रुपैयाँ निर्धारण गरिएको छ ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८