भारतले आक्रमण गरे प्रतिकारमा उत्रन्छौं – पाकिस्तान

जागरणपोस्ट ७ फाल्गुन २०७५, मंगलवार १०:०१

पाकिस्तान – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची जवाफ फर्काउने बताएका छन्।

सोमबार एक भिडियो सन्देश जारी गर्दै इमरानले बिहीबार जम्मु कस्मिरको पुलुवामामा भएको आतंकवादी हमलाबारे पाकिस्तानलाई कुनै पूर्वजानकारी नभएको बताए।

भारतविरोधी समूह जैस ए मोहम्मदले गरेको आत्मघाती हमलामा ४० जना भारतीय सैनिकको ज्यान गएको थियो। भारतले यो हमलामा पाकिस्तान जिम्मेवार रहेको र त्यसमा संलग्नहरूले मूल्य चुकाउनु पर्ने बताएको थियो। एजेन्सी

जवाफमा इमरानले बिना कुनै आधार र प्रमाण भारतले पाकिस्तानमाथि त्यस्तो आरोप लगाएको बताए।

‘पहिलो कुरा तपाईंहरूले बिना प्रमाण आरोप लगाइदिनुभयो, त्यो बेला हामीलाई साउदी युवराजको भ्रमण यति महत्वपूर्ण थियो कि हामीले यो कसरी गराउँछौ। स्थायित्वतिर अघि बढिरहेको पाकिस्तानले किन यस्तो गर्छ,’ इमरानले भनेका छन्।

पाकिस्तान आफैं आतंकवादसँग जुझिरहेको इमरानको भनाइ छ। उनले घटनाबारे छानबिन गर्न पनि भारतलाई अनुरोध गरेका छन्।

‘म तपाईंहरूलाई आग्रह गर्छु घटनास्थलमा आएर जाँच गर्नुस्। यदि कसैले पाकिस्तानी भूमिबाट यस्तो गरिरहेको छ भने ऊ हाम्रो पनि दुस्मन हो,’ इमरानले भने।

तर यी सबै कुरा नबुझी भारतले आक्रमण गरे आफूहरूले जवाफ फर्काउने उनले बताए।

‘यदि भारतले आक्रमण गर्दा हामी चुप लागेर बस्छौं भन्ने सोच्छ भने हामी जवाफ फर्काउँछौं,’ इमरानले भनेका छन्,‘हामी सबैलाई थाहा छ, युद्ध सुरू गर्ने मानिसहरूको हातमा छ तर त्यसले कहाँ पुर्‍याउँछ भन्ने भगवानलाई मात्र थाहा हुन्छ। यो मुद्दा वार्ताबाट समाधान गर्नुपर्छ।’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८