जर्मनीमा रोजगारदाता र ट्रेड युनियनहरूले रुसको ग्यास बहिष्कार गर्ने युरोपेली संघको निर्णयको विरोध गरेका छन् ।
त्यसरी रुसी ग्यासमा ईयूले प्रतिबन्ध लगाएमा उद्योग कलकारखानाहरू बन्द हुने भन्दै उनीहरूले विरोध गरेका हुन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि जर्मनीमा नेताहरूले ईयूका सदस्य मुलुकमा रुसी ग्यास आयातमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।
तर यस्तो कदम चाल्दा कारखाना बन्द हुने र धेरैले रोजगारी गुमाउने भन्दै जर्मन रोजगारदाता र ट्रेड युनियनहरूले सोमवार विरोध गरेका हुन् ।