फोनमा खोकेकै भरमा कोभिड-१९ संक्रमण भए नभएको पत्ता लगाउने मोबाइल एप तयार

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार ११:०९

काठमाडौं – वैज्ञानिकहरूले कोभिड -१९ संक्रमण भए नभएको पत्ता लगाउने मोबाइल एप विकास गरेका छन् । रेसएप नाम दिइएको यो एपले प्रयोगकर्ताको खोकीको आवाज विश्लेषण गर्न मसिन लर्निङको प्रयोग गर्दछ ।

डेलिमेलका अनुसार कोभिड-१९ को संक्रमण भएका व्यक्तिहरूमा परीक्षणका क्रममा यो एपले ९२ प्रतिशत सही नतिजा दिएको थियो ।

‘विश्व महामारीको यो लगातार रुपमा विकसित हुँदै गएको प्रकोपले गर्दा र्‍यापिड एन्टिजेन तथा पीसीआर टेस्टमाथिको हाम्रो अत्यधिक निर्भरतालाई सन्तुलनमा राख्न सक्ने प्रभावकारी टुलको आवश्यकता छ,’ रेसएपको कोभिड साइन्टिफिक एड्भाइजरी बोर्डका एक सदस्य रहेका प्रोफेसर क्याथरिन बेनेट भन्छन् ।

‘तीव्र रुपमा बढ्दै गएको कोभिड-१९ सँगै रेसएपले कोभिड-१९ परीक्षणका लागि र्‍यापिड एन्टिजेन तथा पीसीआर परीक्षणको आवश्यक सङ्ख्यालाई उल्लेखनीय रुपमा घटाउन सक्छ । जब कि हामीलाई अहिले पनि कोभिड-१९ को प्रभावलाई व्यवस्थापन गर्दै यो रोगमाथिको निगरानी कायम गर्नुपर्ने बेला छ ।’

रेसएपले खोकीमा हुने खास सङ्केत पहिचान गर्न मसिन लर्निङको प्रयोग गर्दछ । डेभलपरले अमेरिका र भारतका ४४६ कोभिड-१९ संक्रमित सहित ७४१ जनामा यो एप परीक्षण गरेको थियो ।

सहभागीहरूले अनुभव गरेका कुनै पनि लक्षणहरूमा रहेर सर्भे पूरा गरी एप इन्स्टल गरिएको स्मार्टफोनमा खोकेका थिए । नतिजामा एपले संक्रमण भएका ९२ प्रतिशत व्यक्तिहरूमा ९२ कोभिड-१९ रहेको पत्ता लगाएको  थियो ।

तुलनात्मक रुपमा भन्नुपर्दा र्‍यापिड टेस्टले लक्षण देखिएका बिरामीमा करिब ७२ प्रतिशत र लक्षण नदेखिएका व्यक्तिहरूमा ५८ प्रतिशत कोभिड-१९ पत्ता लगाउन सक्छ । फलोअप परीक्षणको रुपमा अनुसन्धानकर्ताले दम, निमोनिया सहित श्वासप्रश्वासको समस्या रहेका एक हजार सात जना बिरामीको खोकीको परीक्षण गरेका  थिए ।

त्यसक्रममा यो एपले ९० प्रतिशत सही नतिजा दिएको उल्लेख छ । एप डेभलपरले प्रारम्भिक रुपमा बारम्बार कोभिड-१९ परीक्षण गर्न आवश्यक पर्ने स्थानमा प्रयोग गरिने बताएको छ ।

जसमा यात्रा, खेलकुद, मनोरञ्जन र स्वास्थ्योपचारको क्षेत्र रहेका छन् । प्रोफेसर बेनेटले भनेका छन्, ‘सामान्य, प्रयोग गर्न सहज र असीमित सङ्ख्यामा परीक्षण गर्न सकिने भएकाले रेसएपको परीक्षणलाई विश्वभरका जनस्वास्थ्य अधिकारीहरूले स्वागत गर्नेछन् ।’

रेसएपका सीईओ तथा प्रबन्ध निर्देशक टोनी कियटिङले थप्दै भनेका छन्, ‘स्मार्टफोनमा खोकीको अडियो रेकर्ड गरी कोभिड-१९ पत्ता लगाउन सकिने यी प्रारम्भिक नतिजाबाट हामी निकै उत्साहित छौँ ।’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६