तालिवानले युवालाई गलत बाटोमा डोर्‍याएको भन्दै टिकटक र पब्जीमाथि प्रतिबन्ध

Jagaran Post १० बैशाख २०७९, शनिबार ११:३३

काठमाडौं -केही महिनाअघि महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको अफगानिस्तानको तालिवान सरकारले अहिले आएर पब्जी र टिकटकमाथि समेत प्रतिबन्ध लगाएको छ । गत बिहीबार एक उर्दी जारी गर्दै तालिवानले भिडिओ शेयरिङ एप टिकटक र अनलाइन सर्भाइभल शुटर पब्जी खेलमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

तालिवान सत्तामा आइसकेपछि उसले अप्रत्याशित रूपमा विभिन्न कार्यक्रममा प्रतिबन्ध लगाइसकेको छ । त्यस्तै अहिले उसले मनोरञ्जनका यस्ता माध्यमले युवावर्गलाई गलत दिशातर्फ डोऱ्याएको भन्दै प्रतिबन्ध लगाउने निर्णय लिएका हो ।

अफगानिस्तानमा परिचित मनोरञ्जनात्मक एपहरूमा प्रतिबन्ध लगाएको तालिवानले केही समयअघि संगीत, सिनेमा र केही टेलिभिजन कार्यक्रममा समेत प्रतिबन्ध लगाएको थियो । यस्ता एपहरूका कारण युवा पुस्ता गलत बाटोतर्फ लागेको र देशमा त्यसले प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पारेको विचार गत बिहीबारको मन्त्रिपरिषद्‌ले पास गरेको थियो ।

त्यस लगत्तै अफगानिस्तानको दूरसञ्चार मन्त्रालयले तत्कालै टिकटक र पब्जीमाथि प्रतिबन्ध लगाउने आदेश दिएको हो ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८