म्याग्दीमा मकै बालीमा फौजी कीराको प्रकोप

Jagaran Post ११ बैशाख २०७९, आईतवार १५:००

म्याग्दी – लगाइएको मकै बालीमा उम्रिनेबित्तिकै फौजी कीराले नोक्सानी गरेपछि म्याग्दीका किसान समस्यामा छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ ।

मकैबाली हुर्कँदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पुर्याएको गुनासो आएको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । स्थानीय तहका कृषि प्राविधिकका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भएपनि समयमै यसको रोकथाम गर्न नसकिँदा मकै बालीमा ठूलो क्षति पुगेको छ । मङ्गला गाउँपालिकाका कृषि शाखाका प्राविधिक जगत बानियाँले फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिए ।

किसानले विषादीसमेत प्रयोग गरिरहे पनि नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । उन्नत जातको मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञानकेन्द्रका अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प छैन । फौजी कीराका कारण म्याग्दीको बेनी नगरपालिका तथा मालिका, मङ्गला, रघुगङ्गा र धौलागिरि गाउँपालिकाका किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६