सीजीको इन्टरनेट अब एक महिनासम्म निःशुल्क चलाउन सकिने

Jagaran Post ११ बैशाख २०७९, आईतवार १५:२२

काठमाडौं – इन्टरनेट सेवा प्रदायक सीजी नेटका ग्राहकले अब एक महिनासम्म इन्टरनेटको नि:शुल्क अनुभव गर्न पाउने भएका छन् । यसअघि कम्पनीले १५ दिनसम्म ‘फ्री ट्रायल’ काे अवसर दिएकाे थियाे ।

अनुभव गरेर मात्र इन्टरनेट जडानको निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले यस्तो सुविधा ल्याएकाे हो । यो सुविधा प्रयोग गर्न ग्राहकले कम्पनीको वेबसाइटमा दर्ता गराउनुपर्नेछ ।

यो सुविधा नयाँ ग्राहकले मात्र लिन सक्नेछन् । सीजी टेलिकमले काठमाडौं उपत्यकासहित हालै हेटौँडा, नवलपुर, बुटवल र भैरहवामा पनि इन्टरनेट विस्तार गरेकाे छ ।

यसरी ‘फ्री ट्रायल’को रुपमा इन्टरनेट जडान गर्न चाहने प्रयोगकर्ताले डुअल ब्यान्ड वा सिङ्गल ब्यान्ड राउटर रोजेर लिन पाउने र स्पिडमा समेत १२० एमबीपीएस र ५० एमबीपीएस मध्ये रोज्न पाउने कम्पनीले जनाएको छ ।

सीजीनेटको इन्टरनेट निःशुल्क प्रयोग गर्नका लागि यहाँ क्लिक गरेर आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

साथै एनसेल प्रयोगकर्ताले यहाँ थिचेर तथा नेपाल टेलिकम प्रयोगकर्ताले यहाँ थिचेर फोन मार्फत समेत इन्टरनेटको फ्री ट्रायलका लागि अनुरोध गर्न सक्नेछन् ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८