चितवन महोत्सवमा कृषिका स्टल प्राथमिकतामा

जागरणपोस्ट १९ पुष २०७५, बिहीबार १५:४५

चितवन- आगामी पौष २५ देखी माघ ४ गतेसम्म चितवनको नारायणी किनारमा हुने चितवन महोत्सव-२०७५ मा कृषितर्फका विभिन्न स्टलहरु प्राथमिकतामा परेका छन् । उतm महोत्सवमा कृषितर्फ फलफुल तथा तरकारीका १० स्टल, फलफूल तथा तरकारीका प्रतियोगितात्मक प्रर्दशनी, महका २ स्टल, चितवनमा माछा उत्पादनमा प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले माछा व्यवसाय सम्बन्धी सन्देश दिनको लागी माछाको ३० फीट लामो डमी प्रर्दशनी, केराको परिकार सहितको १ स्टल, केराको थम्माबाट कपडा बनाउने प्रविधी जानकारी दिने विषेश स्टल रहनेछन् ।

त्यस्तै गरि मह व्यवसायीका १० स्टल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ अन्तरगत मौरी जोन, केरा जोन र तरकारी जोन चितवनका एक एक स्टल, कृषि ज्ञान केन्द्र चितवनको १ स्टल, चितवन जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी सँघ को १ स्टल, मौरिपालक महासँघको जानकारीमुलक स्टल समेत रहने चितवन महोत्सव, २०७५ का कृषि समिति सँयोजक थीर प्रसाद धितालले बताउनुभयो । उहाँले हालसम्म माथि उल्लेखित स्टलहरु रहने निश्चित भएको र अन्य स्टलहरु पनि थप हूदै जाने जानकारी दिनुभयो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६