हत्या गरेको आरोपमा आफ्नै श्रीमान् पक्राउ

Jagaran Post १२ बैशाख २०७९, सोमबार १२:५९

काठमाडौँ – तीस वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रबिन चौधरी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेको थिए । अस्मिताको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले प्रबिनलाई पक्राउ गरेको हो ।

यस्तै, मकवानपुरमा २८ वर्षीया दिया शर्माको हत्या गरेको आरकोपमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनी रहेका छन् । उनलाई आइतबर राति प्रहरीले पक्राउ गरेको हो ।

पवनले घरायसी विवाद हुँदा श्रीमतीको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६