प्रदेश १ मा ९ सय ८ जनाको उम्मेदवारी दर्ता

Jagaran Post १३ बैशाख २०७९, मंगलवार १२:३१

विराटनगर – स्थानीय तह निर्वाचनका लागि प्रदेश १ का विभिन्न १४ जिल्लास्थित १ सय ३७ पालिकाको प्रमुख पदमा ९ सय ८ जनाको उम्मेदवारी परेको छ।

विराटनगरस्थित निर्वाचन कार्यालय प्रदेश १ का अनुसार हालसम्म प्राप्त विवरण अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयरपदमा उम्मेदवारी दिनेको संख्या ४ सय १९ रहेको छ।

कार्यालयका अनुसार प्रदेशभित्रका विभिन्न गाउँपालिकाको अध्यक्षमा ४ सय ८९ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी, हालसम्म उपमेयरमा ३ सय ११ जनाको उम्मेदवारी परेको छ।

कार्यालयले गाउँपालिका उपाध्यक्षमा ३ सय ९१ र पालिकाको उपप्रमुखमा ७ सय २ जनाले मनोनयन दर्ता गराएका छन्। अर्कोतर्फ, प्रमुख र उपप्रमुखमा १ सय हजार ६ सय १० जनाको उम्मेदवारी परेको छ।

त्यसैगरी, वडाध्यक्षमा ५ हजार १७, महिला सदस्यमा ३ हजार ८ सय, दलित महिला सदस्यमा ३ हजार ४ सय ४ जनाको मनोनयन दर्ता भएको छ। खुला सदस्यतर्फ ८ हजार ४८ जनाले उम्मेदवारी दिएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख एवं निर्वाचन अधिकृत लेवन काश्यप अधिकारीका अनुसार हालसम्म प्रदेश १ मा २१ हजार ८ सय ७९ जनाको उम्मेदवारी परेको छ। प्रदेश १ मा विराटनगर महानगरपालिकासँगै उपमहानगरपालिका २, नगरपालिका ४६ र गाउँपालिका ८८ वटा रहेका छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८