कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म छनोट

Jagaran Post १३ बैशाख २०७९, मंगलवार १६:४७

काठमाडौं । विश्व चर्चित फिल्म फेस्टिभलमध्ये एक कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म छनोट हुन सफल भएको छ । नेपालबाट अभिनवविक्रम शाहको ‘लोरी : मेलनकोली अफ माई मदर्स ललाबाइज’ छनोटमा परेको हो ।

विभिन्न विधामध्ये ‘सर्ट फिल्म पाल्म डी’ओर’ विधामा शाहको फिल्म छनोटमा परेको हो । १४० देशबाट तीन हजार ५०७ वटा चलचित्रले सहभागिता जनाएकामा नौ देशका नौ फिल्म मात्रै छनोटमा परेका हुन् ।

छनोटमा परेकाहरूमा नेपालसहित चीन, दक्षिण कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना, हङकङ र लिथुनियाका सर्ट फिल्म छन् । यीमध्ये उत्कृष्ट फिल्मलाई आउँदो मे २८ मा समापन समारोहबीच पुरस्कृत गरिनेछ ।

शाहको ‘लोरी’ १४ मिनेट लामो छ । स्क्रिप्ट राइटिङको पनि खुबी भएका उनको फिल्ममेकिङको यात्रा करिब एक दशक पुगेको छ । नेपाली चलचित्र ‘चौखत’ले कान्समा स्क्रिनको मौका पाइसके पनि मुख्य प्रतियोगिताको विधामा पर्ने पहिलो चलचित्र भने शाहको ‘लोरी : मेलनकोली अफ माई मर्दस ललाबाइज’ नै हो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६