भाडा नतिर्ने इन्टरनेट र टेलिभिजन कम्पनीको तार काट्ने चेतावनी

Jagaran Post १४ बैशाख २०७९, बुधबार १३:०२

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले वैशाख मसान्तसम्म विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

अधिकांश सेवा प्रदायकहरूले नियमाअनुसार सम्झौता नगरी वा आंशिक क्षेेत्रको मात्रै सम्झौता गरेर विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै नियमानुसार सम्झौता र नवीकरण गर्न आग्रह गरेको छ । हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिरकणले अनुरोध गरेको छ ।

नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न यसअघि नै पटक-पटक सचेत गरिसकिएको छ,’ सूचनामा भनिएको छ ।

नियमानुसार सम्झौता नगरी सेवा प्रदायकहरूको लाइन जुनसुकै सयममा काट्न सकिने प्राधिकरणले बताएको छ । यसबाट निस्कने परिणामको जिम्मेवार सम्वन्धित सेवा प्रदायक संस्था नै हुने प्राधिकरणको चेतावनी छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८