गृहले भन्यो : तोकिएका निरीक्षकबाहेक बाह्य व्यक्तिले परीक्षाको अनुगमन नगर्नू

Jagaran Post १४ बैशाख २०७९, बुधबार १७:३३

काठमाडौं : शैक्षिक संस्थाले लिने परीक्षामा अनावश्यक अनुगमन नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ। विभिन्न विश्वविद्यालय वा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीहरुलाई उत्तरपस्तिका वितरण गर्नुपर्व एवं परीक्षा अवधिभर अनावश्यक अनुगमन नगर्न आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्विर वा भिडियो नलिन तथा तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा ठूलो संख्यामा वाह्य व्यक्तिहरु एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न नगराउनहन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

अहिले देशभर एसईईको परीक्षा चलिरहेको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८