पोखरीमा डुबेर सिरहामा दुई जना बालिकाहरूले ज्यान गुमाएका छन् ।
बाख्रा चराउन गएका दुई बालिकाको आइतबार बिहान पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरूमा गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाका १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया छोरी रानी खातुन रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनीहरू साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएका थिए । नुहाउने क्रममा पोखरीमा डुबेर उनीहरूको ज्यान गएको बताइएको छ ।