प्रदेश १ मा निर्वाचन सामग्री व्यवस्थापन कार्य सुरु

Jagaran Post १५ बैशाख २०७९, बिहीबार १०:५०

विराटनगर– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश १ का मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री व्यवस्थापन कार्य निर्वाचन आयोगले सुरु गरेको छ।

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत लेवन काश्यप अधिकारीका अनुसार प्रदेशका १४ जिल्लास्थित सबै स्थानीय तहमा निर्वाचनका आवश्यक सामग्री पठाउनका लागि काम सुरु गरिएको हाे।

उनले स्थानीय तह निर्वाचनका लागि सामग्री व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको बताए।

प्रदेशमा रहेको १ हजार ८ सय ७७ मतदानस्थल र ३ हजार ८ सय ६३ वटा मतदान केन्द्रका लागि मतपेटिका, मतदाता नामावली र परिचयपत्र, स्वस्तिक छाप, रवर स्ट्याम्प, सुरक्षण शील, मतपेटिकामा टाँस्ने स्टिकर लगायतका निर्वाचन सामग्री पठाउनुपर्ने कार्य भइरहेको उनको भनाइ छ।

मतदान केन्द्रमा विभिन्न ५८ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने अधिकारीले जानकारी दिए।

वैशाख २७ गतेसम्म निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित केन्द्रका मतदान अधिकृतले नै बुझेर लगिसक्ने उनले बताए।

अधिकारीका अनुसार मतदान केन्द्रमा खटाउने कर्मचारी र मतदानका विषयमा दिइने आवश्यक तालिमका बारेमा छलफल भइरहेको छ।

मतदान केन्द्रमा खटिने कर्मचारीले मतदानस्थल नजिक मतदातालाई सोही दिन मतदानबारे सम्पूर्ण जानकारी दिने उनको भनाइ छ। जसका लागि मतदान र सहायक मतदान अधिकृतको तालिमका विषयमा पनि तयारी भइरहेको छ।

मोरङ जिल्लाको १७ वटा स्थानीय तह ३ सय मतदानस्थल र ८ सय २० वटा मतदान केन्द्र छन्। त्यसैगरी, प्रदेशको १ सय ३७ वटा स्थानीय तहमा १ हजार ८ सय ७७ मतदानस्थल र ३ हजार ८ सय ६३ वटा मतदान केन्द्र छन्।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८