काठमाण्डौ – कोेरीया सरकारले आगामी वर्ष देखि कामदार लैजान सीप परीक्षण ’स्किल टेस्ट’ समेत समावेश गर्ने भएको छ । सन २०१९ देखि नेपाल लगायत कामदा लैजाने १६ वटै देशमा एकैपटक यस्तो प्रणाली लागु गर्ने तयारी गरिरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । रोजगार मन्त्रालयको इपीएस शाखाका शाखाका प्रवक्ता शोभाकर भण्डारीले कोरिया सरकारले २०१९ देखि पोइन्ट बेसमा कोरिया लाने कामदार छनोट गर्ने तयारी गरिरहेको बताए। एनका अनुसार पहिले जस्तै लिखित परीक्षा हुनेछ । लिखितमा सम्भावित कोटा भन्दा बढीलाई पास गरिनेछ । त्यसपछि सीप परिक्षण हुनेछ ।
सीप परीक्षमा पास भएकाहरुलाई मात्रै कोरिया लैजान योग्य मानिनेछ ।
सन् २०१२ देखि २०१६ सम्मका सीप परीक्षा (स्किल टेस्ट) समावेश थियो। तर त्यसमा सहभागी नभए पनि हुन्थ्यो। तर अब भने सीप परिक्षण अनिवार्य गर्ने भएको हो ।
केरियामा गएका कामदारलाई भाषा तथा सीप दुवै क्षेत्रमा अझ दक्ष बनाउन दुवै परीक्षा गर्न लागेको जनाइएको छ।
सीप परीक्षाबाट कामदारको शारीरिक क्षमता परीक्षण हुनेछ ।
सीप परीक्षामा सम्बन्धित कामसम्बन्धी औजार प्रयोगलगायतको सीप परीक्षण गरिन्छ ।
उनले यो वर्ष कोरिया लैजाने कोटा आधिकारिक रुपमा आइनसकेको बताए। यद्यपि नेपालले १० हजारभन्दा बढी कोटा पाउने अनुमान गरिएको छ।
२०१८ को अन्तिमसम्ममा ५८ हजार ७०९ जना नेपाली कोरियामा कामदारका रुपमा कार्यरत रहेको इपिएस शाखाले जनाएको छ।