असिनाले बालीनालीमा क्षति

Jagaran Post १६ बैशाख २०७९, शुक्रबार १९:५७

खोटाङ –  वर्षासँगै परेको असिनाका कारण खोटाङका विभिन्न ठाउँमा लगाइएको बालीनालीमा क्षति पुगेको छ। बुधबार साँझ वर्षासँगै परेको बाक्लो असिनाका कारण ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानमा लगाइएको गहुँ, मकै, आलु, बन्दा, गोलबेँडा, सिमी, फर्सी लगायतका बालीनालीमा क्षति पुगेको हो।

पाकेर भित्र्याउन तयार भएको गहुँको बाला असिनाले हिर्काएर झारेको छ। मकै, आलु, बन्दा लगायतको बोट असिनाले हिर्काउँदा लाछिएर जमिनमा लतारिएको छ। असिनाले मकै पात र आलुको बोट च्यातच्युत पारेर जमिनमा झारेको किसान बताउँछन्। असिनाले बालीनालीमा क्षति पुग्दा उत्पादन घट्नेमा किसान चिन्तित बनेका छन्।

पुनः शुक्रबार परेको असिना पानीले बालीनालीमा थप क्षति पुर्‍याएको छ। क्षतिको विस्तृत विवरण प्राप्त नभए पनि जिल्लाको लेकाली क्षेत्रमा असिनाले बालीनालीमा बढी क्षति पुर्‍याएको जानकारी आएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए। असिनाले फुल्दै र फल्दै गरेको फलफूलमा समेत क्षति पुर्‍याएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६