कावासोतीमा हावाहुरीले पोल पोल ढल्दा ४ सय घर अँध्यारै

Jagaran Post १७ बैशाख २०७९, शनिबार ११:४६

पूर्वी नवलपरासी — कावासोती नगरपालिकाको रुदौली गाउँमा शुक्रबार साँझको हावाहुरीले पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ रुदौलीमा हावाहुरीले १३ वटा पोल ढाल्दा त्यहाँका करिब ४ सय घरमा विद्युत् आपूर्ति रोकिएको हो । त्यहाँ करिब एक दर्जन घर तथा गोठको छानो उडाएको छ ।

स्थानीय राज चापागाईंका अनुसार विद्युत् आपूर्ति बन्द भएपछि विद्युत् प्राधिकरण कावासोती शाखामा खबर गरेपनि टोली शनिबार बिहान फिल्डमा आएको छैन ।

विद्युत् प्राधिकरण कावासोती शाखाले धेरै स्थानमा हावाहुरीले पोल ढलेका कारण नयाँ पोल पठाउने र काममा खटाउन थालिएको जानकारी दिएको छ । ‘धेरै स्थानमा त्यस्तै समस्या भएकाले जोडतोडले काम सुरु भइसकेको छ । दुई दिनभित्र विद्युत् दिने प्रयासमा छौं,’ प्राधिकरणका कर्मचारी नमराज कडरियाले भने ।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८