विदेशी रकममा भुक्तानी पूर्ण रूपमा बन्द हुँदा आगामी सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने

Jagaran Post १७ बैशाख २०७९, शनिबार १३:५६

इन्टरनेट सेवा प्रदायकहरूले आगामी सातादेखि देशभर इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका छन् ।

सेवा प्रदायकले विज्ञप्ति नै निकालेर अर्को सातादेखि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।

‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल र सिफी जस्ता कम्पनीलाई विदेशी रकममा भुक्तानी सिफारिस पूर्ण रूपमा बन्द गरेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘जसकारण विगत ६ महिनादेखि भुक्तानी रोकिएको छ ।’

लामो समयदेखि भुक्तानी रोकिएकाले आगामी सातादेखि सेवा रोक्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्ने बताइएको छ ।

मन्त्रालयले विदेशी मुद्रामा भारतीय इन्टरनेट प्रोभाइडरलाई भुक्तानी रोकेको विरोधमा यही वैशाख १९ गते मनाइने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागि नहुने व्यवसायीले घोषणा गरेका छन् ।

यही वैशाख १४ गते बसेको कार्यसमिति बैठकले दिवसलाई पूर्ण रूपमा बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

इन्टरनेटसर्भिस प्रोभाइडर नेपालका अध्यक्ष सुधीर पराजुलीले सूचना प्रविधि दिवसमा सहभागी नबन्ने, प्रायोजक र आयोजक नबन्ने र कुनै पनि सहयोग नगर्ने निर्णय गरेको जानकारी दिए ।

सरकारले व्यवसायको समस्या समाधान गर्नतर्फ ध्यान नदिँदा थप समस्या भइरहेको अध्यक्ष पराजुलीको भनाइ छ ।

फेसबुकमा हामीलाई Jagaran News Network – JNN मा फ्लो गर्नुहोस।

त्यस्तै, ट्विटरमा   @jagaranpost  फ्लो गर्नुहोस।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६