भन्न त हामीले संस्कृत भाषालाई संसारको सबैभन्दा पुरानो भाषा भनेर भन्दछौ। तर आजपनि संसारका सबैभन्दा पुराना भाषाहरुमध्ये संस्कृत भाषा दोस्रो नम्बरमा पर्ने गर्दछ।
यी सुरुचिपूर्ण र प्राचीन भाषाहरूको लामो इतिहास छ। भाषाहरु निरन्तर परिवर्तन पनि भएका छन् र शताब्दी सहस्राब्दीमा अनुकूल हुँदै गएका पनि छन्।
भाषाकै माध्यम आज हामीले संसारको कुनैपनि एक कुनामा रहेको मान्छेसंग अर्को कुनामा रहेको मान्छेसंग सहजै कुराकानी एवं आवतजावत गर्नसक्तछौ। चिनजान गर्ने गरेका छौ भने भाषाकै माध्यम ब्यापार, व्यवसाय, आवतजावत एवं एक देश र अर्को देशबीच सम्बन्ध कायम गर्नसक्ने भएका छौ।
वास्तवमा भाषा एक संचार उपकरण हो जसले हामीलाई मानव बनाउँछ।
मानव मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो। भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन।
प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। उदाहरणार्थ पञ्जाबी, गुरूमुखी तथा शाहमुखी दुबै भाषाहरूमा लेखिन्छन् जबकि नेपाली, मराठी, संस्कृत, हिन्दी आदी सबै देवनागरीमा लेखिन्छ।
भाषा बिना मनुष्य सर्वथा अपूर्ण छ र आफ्नो इतिहास तथा परम्परा देखि विच्छिन्न छ।
सामान्यतः भाषालाई वैचारिक आदान-प्रदानको माध्यम भन्न सकिन्छ। भाषा-वैज्ञानिकहरूको अनुसार ‘‘भाषा वा दृच्छिक वाचिक ध्वनि-संकेतहरूको यस्तो पद्धति हो, जस द्वारा मानव परम्परा विचारहरूलाई आदान-प्रदान गर्छ।’’[१] स्पष्ट यस कथनमा भाषाको लागि चार कुराहरूमा ध्यान दिईएको छ-
(१) भाषा एक पद्धति हो, अर्थात एक सुसम्बद्ध र सुव्यवस्थित योजना या संघटन हो, जसमा कर्ता, कर्म, क्रिया, आदि व्यवस्थिति रूपमा आउन सक्छन।
(२) भाषा सङ्केतात्कम छ अर्थात् यसमा जुन ध्वनिहरू उच्चारित हुन्छ, ती कुनै वस्तु वा कार्य सँग सम्बन्ध हुन्छ। यि ध्वनिहरू सङ्केतात्मक वा प्रतीकात्मक हुन्छन्।
(३) भाषा वाचिक ध्वनि-सङ्केत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दतबाट संकेतहरूको उच्चारण गर्छन, ती नै भाषा अंतर्गत आउदछन।
(४) भाषा ऐच्छिक सङ्केत (choice Of freedom) हो। यादृच्छिकको तात्पर्य हो – ऐच्छिक, अर्थात् कुनै पनि विशेष ध्वनिको कुनै विशेष अर्थबाट मौलिक अथवा दार्शनिक सम्बन्ध हुँदैन। प्रत्येक भाषामा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको वाचक ‘मानिन्छ’। फेरी त्यो त्यही अर्थको लागि रूढ भईहाल्छ अर्थात त्यो परम्परानुसार त्यही अर्थको वाचक भई हाल्छ। दोस्रो भाषामा ती अर्थको वाचक कुनै अरु हुन्छ
अनुसन्धानअनुसार आजसम्म संसारमा जम्माजम्मी १० वटा भाषालाई संसारकै सबैभन्दा पुराना भाषा मानिएको छ, जसमा सन्स्द्स्क्रित दोस्रो नम्बरमा पर्ने गर्दछ।
विश्वमा आजसम्म बोलिने सबैभन्दा पुरानो भाषाहरूको टाइमलाइन यसप्रकार रहेको छ –
इजिप्टियन: २६९० ईसापूर्व – वर्तमान (लगभग ४७०० वर्षपुरानो)
संस्कृत भाषा : १५०० ईसापूर्व – वर्तमान (लगभग ३५०० वर्षपुरानो)
ग्रीक:१४५० ईसापूर्व – वर्तमान (लगभग ३५०० वर्षपुरानो)
चिनियाँ: १२५० ईसा पूर्व – वर्तमान (लगभग ३३०० वर्षपुरानो)
अरामी: ११०० ईसापूर्व – वर्तमान (लगभग ३१०० वर्षपुरानो)
हिब्रू: १००० BC-200 CE, १८०० – वर्तमान (लगभग ३००० वर्षपुरानो)
फारसी: ५२२ ईसा पूर्व – वर्तमान (लगभग २५०० वर्षपुरानो)
तमिल: ३०० ईसापूर्व – वर्तमान (लगभग २३०० वर्षपुरानो)
कोरियाली: ५७ ईसापूर्व – वर्तमान (लगभग २१०० वर्षपुरानो)
इटालियन: ल्याटिनको वंशजको रूपमा, १०० ईसापूर्व – वर्तमान (लगभग २१०० वर्षपुरानो)
बोनस: अरबी: लगभग १०० CE – वर्तमान (लगभग १९०० वर्षपुरानो)
फेसबुकमा हामीलाई Jagaran News Network – JNN , ट्विटरमा @jagaranpost युट्युवमा Jagaran Post फलो गर्नुहोस।