वैशाख ३० गते हुने स्थानीय तहको चुनाव प्रचार नेपाली कांग्रेसका उम्मेदवारले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भेटिएको छ।
कांग्रेसको तर्फबाट नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्षका उम्मेदवार सीता गुरुङले आचारसंहिता विपरित भारतीय गाडी प्रयोग गरेकी हुन्।
निर्वाचन आचारसंहिता विपरित उम्मेदवार गुरुङले यु.पी. ५६ भी ६७८६ नम्बरको गाडी प्रयोग गरेकी छन्। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भएपनि कांग्रेसका उम्मेदवार गुरुङले भारतीय नम्बर प्लेटको गाडीमा कांग्रेसको चुनाव चिन्ह, झण्डा र आफ्नो फोटोसहितको प्रचार व्यानर प्रयोग गरेकी छन्।
निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ।
कुनैपनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको धादिङका प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले बताए। ‘कुनै दलका उम्मेदवारले होस् वा नेताहरुले चुनाव प्रचार विदेशी नम्बरको गाडी प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख छ, आचारसंहिता विपरित त्यस्ता गाडी प्रयोग भएर कानून अनुसार कारबाही हुन्छ,’ ज्ञवालीले भने।
फेसबुकमा हामीलाई Jagaran News Network – JNN , ट्विटरमा @jagaranpost युट्युवमा Jagaran Post फलो गर्नुहोस।