करेन्ट लागेर एकै परिवारका तीनको मृत्यु

जागरणपोस्ट ८ आश्विन २०७६, बुधबार १२:५२

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक कामदार रहेका छन्।

महतोले पोर्ताहामा पुर्वेली स्टाप होटल चलाउँथे। सोही होटलमा सुतिरहेका महतो, उनकी श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार मृतक कामदारको पहिचान खुल्न सकेका छैन्।

घरमा सुतिरहेका बेला विद्युत सर्ट भएर तार खस्दा उनीहरूलाई करेन्ट लागेको प्रहरीको अनुमान छ।

बुधबार बिहान ढिलोसम्म होटल नखुलेपछि स्थानीयले हेर्न गएका थिए। तीनै जना मृत भेटेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

तीनै जनाको शव अञ्चल अस्पताल जनकपुरमा ल्याइएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८