गाईयस जुलियस सिजर (ई.पू. १००–४४) आजभन्दा करिब २ हजार वर्षपहिलेका रोमन राजनीतिज्ञ र रोमन साम्राज्य को संस्थापक थिए ।
उनी सेनाका जनरल, ल्याटिन गद्यका लेखक र इतिहासकार पनि हुन् ।
ई.पू. ६० मा उनी अन्य दुईजना सहितको त्रय नेतृत्वले रोमन राज्यको राजनीतिमा पकड राखे ।
रोमन साम्राज्य संस्थापक भए ता पनि, बुटस लगायतका एकथरि विद्रोही सिनेटर (तत्कालीन व्यवस्थापिका वा कचहरीका सदस्य) हरूले सिनेटमै उनको हत्या गरे ।
उनको हत्या हुने दिन १५ मार्च ईपू ४४ मा उनी सिनेट जान लाग्दा सपनाबाट हत्याको पूर्वजानकारी पाएकी उनकी पत्नी काल्पुर्नियाले सिनेटमा नजान अनेक विन्ती गरिन् ।
जवाफमा सिजरले माथिको वाणी बोलेका थिए, “We have not to fear anything, except fear itself.”। यसलाई अमेरिकाका ३२ औँ राष्ट्रपति (१९३३–४५) रुज्वेल्टले पनि महामन्दीबाट अमेरिकालाई मुक्त गर्ने ‘न्यु डिल’ रणनीतिक योजनाको शुभारम्भ भाषणमा पनि यही वाणी बोलेका थिए ।
जेरुसेलम (आजको इजरायल) मा क्रिस्टियानिटीको प्रादुर्भाव भएको करिब तीनसय वर्षसम्म पनि रोमन साम्राज्य ले इसाईहरुलाई आजको युरोपमा छिर्न दिएको थिएन ।
रोमन साम्राज्य ढलेर बाइजिन्टाईन साम्राज्य खडा भएपछि इसाईहरुले युरोपमा राज्य धर्मको रुपमा प्रवेश पाएका हुन् ।
सिजरको हत्यापछि रोमन साम्राज्यमा गृहयुद्ध मच्चियो। त्यसले गर्दा संवैधानिक गणतन्त्रको व्यवस्था त्यस राज्यमा कहिल्यै पुनःस्थापित भएन ।
सिजरका उत्तराधिकारी अक्टाभियन जसलाई कालान्तरमा अगस्टसको नामले जान्न थालियो, युद्धमा आफ्ना सम्पूर्ण विरोधीहरूलाई निमिट्यान्न पारे ।
सिजरले स्थापना गरेको रोमन साम्राज्यलाई उनैले सुचारु गरे । वास्तबमा सिजर वा रुसका जार वा जर्मनीका काइजर भन्ने शब्दहरूले ‘सम्राट’ को अर्थ बुझाउने हुन् ।
- चन्द्रशमशेर – मेरा अग्रजहरूले भेडाबाख्रा माझ सल्तनत चलाए, मैले साँडेहरू उपर, मेरा छोरा भाई–भैयादहरूले सिंहमाथि शासन चलाउनन्
- सत्य साईबाबा – तिमि जुनसुकै धर्म मान, तर तिमिले मान्ने धर्मले मानवता, सेवा र शान्तिको उत्थान गरोस
- मार्टिन लुथरकिङ् जुनियर – हामी दुश्मनको वचन होइन, आफ्नै मित्रहरूको मौनतालाई सम्झिने छौँ
जुलियस सिजरको जीवन कथालाई बुझ्ने आधार सिसेरोका भाषण र चिठी नै हुन् ।
त्यसो त प्राचीन जमानामै सिजरको जीवनी प्रकाशित भएकै हो ।
सेक्सपियरले पनि उनको जीवन चरित्रलाई नाटकका रुपमा उतारेका थिए ।
जुलियस सिजरलाई ब्रुटसले मारेको घटनासँग जोडेर भन्ने गरिन्थ्यो, जहाँ गान्धी छन्, त्यहाँ नाथुराम गोड्से हुन्छ ।
केनेडी छन भने ली हार्भी अस्वाल्ड हुन्छ । अब्राहम लिंकन भएको ठाउँमा जोहन डब्लु. विल्केस हुन्छ ।
पहिलो शताब्दीमा बनाइएको र बर्लिनको एक म्युजियममा भएको जुलियस सिजरको अर्धकदको यो मूर्ती नै उनको अनुहार प्रायः हुवहु मिल्ने आकृति भएको दावी गरिन्छ ।
चन्द्रमणि गौतम / फेसबुक।
फेसबुकमा हामीलाई Jagaran News Network – JNN , ट्विटरमा @jagaranpost युट्युवमा Jagaran Post फलो गर्नुहोस।