भोली बेलुकीसम्म तराईमा भारी वर्षाको संभावनाः सतर्क रहन आग्रह

Bijay Gyawali ११ आश्विन २०७६, शनिबार १८:२४

तराईमा भोली पनि भारी वर्षा हुने संभावना रहेको जल तथा मौसम विज्ञान बिभागले जनाएको छ । आइतबार बेलुकीसम्म पूर्वी तराईमा भारी वर्षा हुने भएको भन्दै सतर्क रहन सरकारले नागरिकहरूमाझ विशेष आग्रह गरेको छ ।
गृह मन्त्रालयअन्तर्गत आपत्कालीन कार्य संचालन केन्द्रले विगत २४ घन्टायता प्रदेश १ र २ का तराई क्षेत्रमा भारी वर्षा भएको र थप २४ घन्टा वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको हो।
आइतबार बेलुकीसम्म भारतीय सीमा क्षेत्रमा थप २४ घन्टा भारी वर्षाको संभावना रहेको केन्द्रको भनाई छ । केन्द्रले जारी गरेको सूचनामा भनिएअनुसार ‘पछिल्लो २४ घण्टामा प्रदेश १ र २ का तराईका भारतीय सीमा आसपासका अधिकांश स्थानमा भारी वर्षा भएको र अर्को २४ घन्टा सीमा आसपास र विहारको धेरै स्थानमा भारी वर्षा हुनेछ ।
यसका साथै तराई भई बहने नदीमा बहाव बढ्ने, सीमा आसपास डुबान भइरहने हुनाले होँचा स्थानका नागरिकहरूले विशेष सतर्कता अपनाउनुपर्ने बताइएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८