निर्वाचनमा मनाङमा बदर मत कम

Jagaran Post २२ बैशाख २०७९, बिहीबार १७:१४

लमजुङ – स्थानीय निर्वाचनमा मनाङमा बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले बिहीबार नमुना मतदान गरेकाे छ।

नमुना मतदानमा ३४ जना सहभागी थिए। सहभागीमध्ये तीन जनाको मत आंशिक बदर भए पनि सहभागी कसैको मत पनि पूर्ण बदर भने भएन।

विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा अभियान नभए पनि नागरिकमा मतदान प्रक्रियाबारे सचेतना रहेकाे मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए।

नमुना मतदानमा महिला पुरुष, अशक्त र वृवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी चुनाव चिह्नमा मत दिन सिकाइएको थियो। मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाएको मनाङका मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए।

 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८