झापामा मोटरसाइकल दाईजो माग्ने दुलाहा प्रहरीको जिम्मामा

Jagaran Post २३ बैशाख २०७९, शुक्रबार ११:३०

झापा — झापा, मेचीनगर १७ ज्यामिरगढीमा शुक्रबार बिहान  मोटरसाइकल दाइजो माग्ने दुलाहालाई गाउँलेले प्रहरीको जिम्मा लगाएका छन् । ज्यामिरगढीकी एक युवतीसँग विवाह गरेका उनले दुलही लैजाने क्रममा दाइजोबापत् मोटरसाइकल प्रस्ताव गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

दाइजो माग्ने युवा झापा गाउँपालिकाको टाघनडुब्बाका डेबिड गनगाई हुन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका उनको केही महिनाअघि ती युवतीसँग फेसबुकबाट कुराकानी भएर प्रेम भएको थियो । महिनादिनअघि विदेशबाट फर्किएपछि उनी युवतीको हात माग्न आएका थिए । पारिवारिक सरसल्लाहमै विवाहको निधो भएको थियो ।

‘माग्न आउँदा हामीले दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका थियौं; दुलाहाको परिवार मन्जुर भएको थियो,’ युवतीकी हजुरआमा रञ्जना चौधरीले भनिन्, ‘तर आज आएर मोटरसाइकल मागेपछि प्रहरीको जिम्मा लगाउनुपर्‍यो ।’

चौधरीका अनुसार दाइजोबापत टीभी, फ्रिजदेखि सोफासेटसम्मका करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिइएको थियो । दुलाहाले त्यो सामग्री अपूग भएको भन्दै मोटरसाइकल मागे । ‘हामीले क्षमताअनुसार साइकलचाहिँ दिएका थियौं,’ उनले भनिन्, ‘साइकलले नहुने रे !’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८