काठमाडौँ- चुनावी प्रचारकै क्रममा ठाउँ-ठाउँमा निर्वाचन आचारसंहिता उलंघन गर्नेदेखि खुकुरी प्रहार गर्नेसम्मका अप्रिय घटना सार्वजनिक पनि भैरहेका छन्। यी सबै कुरा बिर्सेर स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा भने फरक राजनीतिक दलका उम्मेदवारहरु एकै ठाउँमा भेट भएर मत मागेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार सहितको चुनाव प्रचारप्रसार टोली एकै ठाउँमा भेट भई सौहाद्रपूर्ण तरिकाले मतदान गरेर आफूलाई सघाउन आग्रह गरिरहेका छन् ।
राजनीतिक शुद्धीकरणको लागि पनि फरक मत र फरक आस्थाको सम्मान र कदर गर्दै यो संस्कार सुरु गरिएको भीरकोट नगरपालिका वडा नं ७ मा वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका ताराप्रसाद अर्याल र नेकपा एमालेका पर्वत खाम्चाले बताए।
‘हामी एकै ठाउँका मानिस एकै वडाको विकासका लागि चुनावमा होमिएका यति संस्कारको विकास पनि गर्न नसके के समाज परिवर्तन गर्न हिँड्नु?’ उनले भने।
Facebook Comments