बैतडीका ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धकाे खोप लगाए

Jagaran Post २३ बैशाख २०७९, शुक्रबार १५:४७

काठमाडाैँ- बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन्।

कार्यालयका अनुसार पुर्चौडी नगरपालिकाका १२ हजार ४२२, पाटन नगरपालिकाका आठ हजार ७१०, दशरथचन्द नगरपालिकाका आठ हजार ४८१, मेलौली नगरपालिकाका छ हजार २३६ बालबालिकालाई खोप लगाइएको छ।

यस्तै, सिगास गाउँपालिकाका सात हजार ७५०, दोगडाकेदार गाउँपालिकाका छ हजार ९१४, डिलाशैनी गाउँपालिकाका छ हजार ६१७, शिवनाथ गाउँपालिकाका छ हजार ३७२, सुर्नया गाउँपालिकामा पाँच हजार ८४५ र पञ्चेश्वर गाउँपालिकाका पाँच हजार ५६९ बालबालिकाले खोप पाएका हुन्।

जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाले खोप सेवा पाएका हुन्। टाइफाइड रोगबाट बचाउनका लागि बालबालिकालाई सो खोप पहिलो पटक दिइएको हो।

यो खोपको प्रतिरोधात्मक क्षमता झण्डै ९७ प्रतिशत छ। यस वर्ष अभियानको रूपमा टाइफाइडविरुद्धको खोप दिइएको छ भने अर्को वर्षदेखि बालबालिकालाई दिइने नियमित खोपमा सो खोपलाई समावेश गरिने जनाइएको छ।

बालबालिकालाई १५ महिना हुँदा दादुरा-रुबेला खोपको दोस्रो मात्रा दिने बेला टाइफाइडविरुद्धको खोप पनि दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।

गत चैत २५ गतेबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको थियो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६