दैनिक उपभाेग्य खाद्य वस्तु गुणस्तरहीन

जागरणपोस्ट १९ पुष २०७५, बिहीबार १५:४६

काठमाडौं – बजारमा बिक्री वितरण भइरहेका दैनिक उपभोक्ता खाद्य वस्तु गुणस्तरहीन भेटिएका छन्। उत्पादक तथा बिक्रेताको लापर्बाहीका कारण खाने तेल, घिउ, पानी, दूध, मिठाइ, चाउचाउ, दालमोठ, पिठो, मसला लगायत खाद्य वस्तु दूषित भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

बजारमा बिक्री भइरहेका करिब १५ प्रतिशत खाद्य वस्तु गुणस्तरहीन रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिबकुमार कर्णले बताए। ‘बजारमा न्यून गुणस्तरका सामान बिक्री गर्ने एक सय १५ उद्योगविरुद्ध मुद्दा दायर गरेका छौं,’ कर्णले भने, ‘दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्नेलाई पाँच वर्षसम्मको कैद हुन्छ।’ धेरै खाद्य वस्तुमा तोकेको मापदण्ड पूरा नगरेको विभागले जनाएको छ। दूषित, न्यून गुणस्तर, लेबल नभएका उपभोग्य सामग्री उत्पादन तथा बिक्री भएको भेटिएपछि कार्बाही प्रक्रिया अघि बढाएको छ।

करिब दुई दर्जन खानेतेल न्यून गुणस्तरको भेटिएका छन्। उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने तोरी, सोयाबिन तेलमा पेरोक्साइड, एसिड भ्यालू बढी रहेको अनुसन्धानमा फेला परेको हो। बजारमा संकलन गरेर प्रयोगशालामा नमुना परीक्षण गर्दा तेल, घिउ लगायत दैनिक उपभोग्य वस्तु गुणस्तरहीन प्रमाणित भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। गुणस्तरहीन तेल प्रयोग गर्दा झाडापखाला, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्ने चिकित्सक बताउँछन्।

बाराको मिल्क फुड डेरी प्रोडक्टले उत्पादन गर्ने डेरी घिउ, आदर्श आयल इन्डस्ट्रिज बाराको तोरी तेल, जयमा लक्ष्मी डेरी उद्योगको घिउ, नारायणी आयल रिफाइनरी, आदर्श आयल बाराले उत्पादन गरेका तोरी तथा प्रशोधित सूर्यमुखी तेललगायतको दुई दर्जन उत्पादन न्यून गुणस्तर रहेको विभागले जनाएको छ। डेढ दर्जन पिउने पानी उद्योगविरुद्ध विभागले मुद्दा दायर गरेको छ। काठमाडौं, भक्तपुर, बारा, पर्सा, कैलाली, सर्लाही, मकवानपुर, चितवन, बाँकेलगायत जिल्लामा विभागले अनुगमन गरेको थियो। अब देशभर अनुमगनलाई प्रभावकारी बनाउने महानिर्देशक कर्णले बताए। ‘पुरानो संरचनामा केही दरबन्दी पनि थप भएको छ,’ कर्णले भने, ‘सघन रुपमा अनुगमन गर्छौं।’

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८