कैलालीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु

Jagaran Post २५ बैशाख २०७९, आईतवार १५:५९

कैलाली – कैलालीको गोदावरी नगरपालिका–७ मा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००९ प ९५४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए।

मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउँद रहेका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका साउँदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका अर्का चालकको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ।
Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८