दोहोरो अंकले बढ्यो सेयर बजार, ११ समूहमा हरियाली

Jagaran Post २५ बैशाख २०७९, आईतवार १६:२५

काठमाडौं : सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १७.९५ अंकले बढेर २२ सय ५६.५७ विन्दुमा अडिएको छ। यसदिन २३३ कम्पनीको ३३ लाख ४१ हजार २१४ कित्ता सेयर १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७२ रुपैयाँमा खरिदबिक्री भयो।

कारोबारमा आएका समूहमध्ये ११ समूहको सूचक उकालो लाग्यो। बाँकी दुई समूहको सूचक घट‍यो। यसदिन फाइनान्स समूहको ३.३५ प्रतिशतले सूचक बढ्यो।  यस्तै डेभलपमेन्ट बैंकको २.८४, हाइड्रो पावरको २.७१, अन्यको २.११, होटल एन्ड टुरिजमको २.५ र  इन्भेस्टमेन्टको २.०५ प्रतिशतले सूचक बढ्यो। ट्रेडिङमा ०.२४,लाइफ इन्स्युरेन्सको ०.३३, म्युचुअल फन्डको ०.४६ र ट्रेडिङमा ०.२४ प्रतिशते मूल्य बढेको हो।

बैंकिङको ०.१७ र माइक्रोफाइनान्स समूहको ० प्रतिशतले सेयर मूल्य घट्यो।

आज जल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। घलेम्यादी हाइड्रो पावरको ८.८२ प्रतिशतले सेयर मूल्य बढ्यो। कारोबार रकमका आधारमा सिटिजन्स इन्टभेस्टमेन्ट ट्रष्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड ५३ हजार ५९ लाख ४५५ रुपैयाँमा सेयर कारोबार भयो।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८